लुम्बिनी एक्स्पो २०८०:प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान

बुटवल, पुस ।
सरोकारवाला निकायले नगद अनुदान भन्दा पनि किसानको उत्पादनमा आधारित रहेर अनुदानलाई वितरण गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०को अवसरमा आयोजित कृषि विकासमा साझेदार संघ संस्थाहरु संगको अन्तरक्रिा गोष्ठीमा सहभागीहरुले अवको अनुदान यन्त्रीकरण र उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पुर्व प्रशासक तथा विज्ञ डा. लक्ष्मण घिमिरेले पुर्वाधार निर्माण गरी गाउँमा रहेको बसाईसराई सहरमुखी हुने प्रवृत्ती बढ्दै गएको भन्दै बाटो भन्दा पहिला कृषि तथा यन्त्र उपकरणको व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । उनले उत्पादनमा आधारित अनुदान अवको मुख्य एजेन्डा बन्नुपर्ने भन्दै यसको लागि प्रदेश सरकार, स्थानीय निकाय र संघीय सरकारले पनि सोही अनुसारको कार्ययोजना निर्माण गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
उनले मेसिन उपकरण, औजारको सहुलियतमा व्यवस्थापन गरी सोही अनुसारको यन्त्र उपकरणमा जोड दिनुपर्ने बताएका थिए । किसान परिचय पत्रको व्यवस्था गरी यातायता लगायतका निकायमा किसान लाई छुटको व्यवस्था हुनुपर्ने समेत उनले बताएका थिए ।
प्रदेश योजना आयोगका पुर्व सदस्य दामोदर भुषालले प्रदेशका सबै तहमा एउटा एउटा नमुना फार्म स्थापना गर्नुपर्नेमा जोड दिए । उनले सरकारी दक्ष जनशक्ति समेत अहिले काम विहिन जस्तै भएको भन्दै भएको विज्ञतालाई प्रस्तुत गरी प्रत्येक पालिकामा एउटा एउटा नमुना फार्म चोह कृषि होस् चाहे पशुपालन क्षेत्रमा होस्, ति फार्म स्थापना गरी सोही अनुसारको विकास गर्न आवश्यक रहेको बताएका थिए । उनलय नमुना फार्मको रुपमा स्थापना भएका ति फार्म हेरेर अन्य किसानले वा विदेशबाट समेत फर्कीएका युवाहरुले सिक्ने र सिकाउने थलोको रुपमा विकास हुने धारणा राखे ।
लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरीले प्रदेश सरकारले उत्पादनमा आधारित अनुदानलाई प्रोत्साहन गर्दै आएको बताए ।
कार्यक्रममा सहजीकरण गर्दै लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक राम प्रसाद पाण्डेले कृषिको विकासको लागि आगामी दिनमा योजना बनाउँदा के कस्तो योजना बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव संकलन गरिहितको कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा भएको कार्यक्रममा रुपन्देही व्यापार संघको सह आयोजानमाभएको हो । कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापका अध्यक्ष मोतिराज ज्ञवाली, अध्यक्ष कृष्ण प्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र भैरहवा प्रमुख शिव प्रसाद अर्याल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख दिपक भुषाल, पैचो पसल प्रालिका प्रबन्धक ध्रुब न्यौपाने, किसान रामनाथ माली, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, अग्रज पत्रकार डीआर घिमिरे, कृषि विकास निर्देशनालय बुटवलका कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2025 krishipatra All right reserved