राष्ट्रिय दुग्ध विकास बोर्ड द्धारा बुटवलमा असल दुध उत्पादन सम्बन्धी तालिम प्रदान

बुटवलल, पुस । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम प्रदान गरेको छ । तालिम समापन कार्यक्रममा बोल्दै बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले आम उपभोक्तामा गुणस्तरको बिषयमा सचेतना जागेको भन्दै अब पुरानै तवरमा उद्योग नचल्ने बताए । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पशु किसान, उद्योगीहरुलाई समेटेर यो तालिम चलाउदा उपयोगी देखिएको अनुभव उनले सुनाए ।
हाल जिडिपिमा ३ प्रतिशत योगदान दिएको, ५ लाख कृषक पशुपालनमा रहेको र करीब ३० अरब रुपैया सरकारको लगानी रहेको महत्वपूर्ण क्षेत्रलाई अझ ब्यवस्थित गर्ने गरि कार्यक्रमहरु संचालन गर्न लागेको उनले बताए ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्र्रीय दुग्ध दुग्ध सहकारी संघका सञ्चालक लेखनाथ पाण्डेले डेरी ब्यवसायीहरुलाई असल दुध उत्पादन तालिम आजको माग र आवश्यकता भएको बताए । किसानसंग जोडिएको ब्यवस्थापन र नैतिकताको विषय भएको उनले बताए । असल अभ्यास र असल सोच बिना असल काम अघि बढ्न नसक्ने उनको दाबी छ । सरकार र नेतृत्व तहमा पहुच नहुदा किसानलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको भन्दै उनले किसान र उद्योगीहरु पनि आफनो मर्यादित पेशाका रुपमा पहिचान गर्ने गरि लाग्नु सुझाव दिए ।

तालिममा सहभागी गुल्मीस्थित बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका लेखासमिति सदस्य दिपक पुरीले दुध उत्पादनमा अप्नाउनुपर्ने सावधानी, यसको तत्वहरुको बारेमा आफुहरुले राम्रो ज्ञान लिन पाएको बताए । संवेदनशीलता तरल पदार्थ भएकाले उत्पादनदेखी उपभोगसम्मको अवस्थालाई बुझन र बुझाउनुपर्ने बताए ।

यसैगरि वशिष्ठ डेरि उद्योग, सुस्ताका पवन भट्टराईले दूध उत्पादनको कुरा एउटा किसान गोठ तयारदेखि नै शुरु गर्नुपर्ने बताए । गोठको अवस्था, चौपायाको स्वस्थ्य, खानपान र ब्यवस्थापनसंग यसको उत्पादन जोडिने उनको तर्क थियो ।
कार्यक्रममा दुग्ध विकास संस्था बुटवलका गुण नियन्त्रण शाखाका माधव पाण्डेले तालिममा सिकेको कुरा कार्यान्वयन गर्न सकेमात्र सफल हुने बताए ।

कार्यक्रममा दुग्ध उद्योगी गणेशसिह भण्डारीले कृषकबाट प्राप्त दूधलाई चिलिङ सेन्टरमा कतिसमयमा राख्नुपर्ने, दुधको विविधिकरण गरि बजारमा बजारीकरण गर्नेसम्मका विषयहरु सिकाई भएको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवको विशेष सहयोगमा संचालन भएको तालिममा बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले सहजिकरण गरेका थिए । तालिममा रुपन्देही, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाका १८ जना दुग्ध उत्पादन सहकारीका सदस्यहरु सहभागी थिए ।

भिडियो 

 

© 2024 krishipatra All right reserved