नवलपरासीमा पशुमा रेबिज पुष्टी ,सतर्ककता अपनाउन आग्रह

बुटवल, पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक पशुमा रेजिज भेटिएको छ । दुई महिना पहिला अन्य स्थानबाट किनेर ल्याएकोपशुमा रेबीज पुष्टी भएको छ । रेबीज पुष्टी भएको पशु मरेको छ ।
रामग्राम नगरपालिका वडा नम्बर –१५ को घिनौया गाउँमा रहेका किसानले घरमा पालेका भैसीमा रेजिब पुष्टी भएको पशुरोग अन्वेशण प्रयोगशाला नवपरासीका प्रमुख डा. भरत काफ्लेले जानकारी दिए ।


केही दिन पहिला भैँसी रेबिज रोगसँग मिल्दोजुल्दो लक्षण देखाई मरेको सूचना प्राप्त पश्चात पशु रोग अन्वेषण प्रयोगशाला, परासीको प्राविधिक टोलीबाट भैँसीको मस्तिष्क नमुना संकलन गरी रेजिज एजी आरडीटी टेष्ट गरिएको थियो ।
पहिलो चरणको आरडीटी टेष्ट गर्दा रेबिज देखिएपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा समेत यसको परिक्षणका लागि नमुना पठाइएकोमा एफएटी टेष्ट विधिबाट पनि रेबीज भएको पुष्टी भएको प्रयोगशा प्रमुख डा. काफ्लेले जानकारी दिए ।
यसरी रेबीज पुष्टी भएपछि पशु चौपायको उपचारमा प्रयोग भएका, नुमना संकलनमा खटिएका प्राविधिकहरु, किसान लाई समेत रेजिज विरुद्धको खोप लगाइएको छ ।


रेबीज लागेको छाडा चौपाय, कुकुर, बाँदर लगायतको टोकाईबाट पशु मा रेबीज लाग्ने र मानिसकाले रेबीज लागेको पशुको सम्पर्कमा रहँदा पशुको ¥यालीबाट मानिसको घाउ, वा खटिरामा परेमा मानिसमा पनि रोग सर्न सक्ने भएको कारण सचेतना अपनाउनु जरुरी रहेको प्रयोगशाला प्रमुख डा. काफ्लेको भनाई रहेको छ ।
रेबिज रोग पशुबाट मानिसमा सर्ने जुनोटिक रोग हो । जुन पशुचौपायको दुध वा मासु सेवन गर्दा भने सर्दैन । तर विश्व स्वाथ्य संगठनले यो रोग लागेको पशु चौपायको दुध, मासु वा अन्य उपभोग गर्न वा प्रयोग गर्नमा रोक लगाएको छ ।
घिनौया गाउँका किसानले अन्य स्थानबाट खरिद गरेर ल्याएको भैसीमा रेबिज देखिएपछि उक्त स्थानको खोजी गरी रेबीज विरुद्धको खोप लगाउने समेत तयारी गरिएको छ । उक्त घरमा पालिएका अन्य पशु चौपायमा पनि खोप प्रदान गरिने जनाइएको छ ।

रेबीज रोग रोग लागे पछि उपचार नभएको हुँदा यो एक प्राणघातक रोग हो । सामान्य रुपमा लिँदा वर्षेनी १०० जनाको ज्यान पनि गइरहेको जनायएको छ । रेबीज अनुसन्धान गरेपछि मात्र पुष्टि हुन्छ । रेबिज रोग गत बर्ष गुल्मी जिल्लामा ९ स्थानमा र धनगढीमा ८० भन्दा बढी स्थानमा देखिएको थियो ।
रेबिज लागेपछि उपचारमा खोपको प्रयोग गरिन्छ । शंकास्पद कुकुर, बिरालो, बाँदर, चमेरो, स्याल, आदिले टोकेमा वा रेबिज लागेको पशुसँग लसपस भएमा तुरुन्त सम्बन्धित पशु तथा मानिसलाई खोप लगाउन जरुरी रहेको पशु प्राविधि तथा पशु चिकित्सकहरु बताउँछन् ।

 

© 2025 krishipatra All right reserved