बुटवल- रुपन्देही व्यापार संघको आयोजानमा यहि पुस ५ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाको तयारीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले मेलामा ६ सय बढि स्टल रहने जानकारी दिए ।
२०८० पौष ५ देखि १८ गतेसम्म निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न गैरहेको जानकारी दिदै अध्यक्ष घिमिरेले मेलाका लागि ६०० स्टल सहभागी भएको जानकारी दिए । कृषिको ब्यवसायीकरण तथा आधुनिकरण, स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्वपूर्ण ढंगले समावेश गरिएको जानकारी दिए ।
दर्ता भएका स्टल सहभागीहरुको विवरण
होटल तथा रेष्टुरेन्ट – २३
उनी, गार्मेन्ट तथा तयारी पोशाक – १४१
अन्तराष्ट्रिय स्टल – १०
कृषि – ४३
ब्याग÷जुत्ता चप्पल– ६८
राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी – ७८
श्रृंगार, उपहार तथा खेलौना – ५२
फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान – ५३
बैंक÷वित्तिय संस्था एवं शैक्षिक संस्था– १८
अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस – ६
आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स – १६
आइसक्रिम तथा वेकरीज – १८
पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस – ८
औषधि जन्य पदार्थ तथा कृषि उत्पादन – ६६
यो मेलामा मा कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको गराइएको छ । एक्स्पोको उद्घाटनको पुर्व सन्ध्यामा मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीको आयोजना गर्ने छ ।
¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ । जन चेतना ¥यालीमा सहभागि उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।
एक्स्पोमा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न हामीले सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रममा चर्चित राष्ट्रिय, स्थानीय य कलाकारहरुको प्रस्तुती हनुे छ ।
यस्तो छ सांस्कृतिक कार्यक्रम
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने
क) डान्स आइडल प्रतियोगिता
ख) लोक दोहोरी प्रतियोगिता
ग) विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता
घ) विद्यालय स्तरिय वादविवाद प्रतियोगिता
ङ) ¥याप गित प्रतियोगिता
च) भजन प्रतियोगिता
यस्तै एक्स्पोमा सुरक्षातर्फ नीजि सुरक्षा कम्पनीको सहभागितामा एक्स्पोको तर्फबाट आवश्यकता अनुसार सुरक्षा प्रवन्ध मिलाइएको छ भने सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने छ । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थित रुपमा विभिन्न स्थानमा सिसि क्यामेराको समेत व्यवस्था गरिएको छ । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति, स्टेरिङ समिति, विशेष सल्लाहाकार समिति, सल्लाहकार समिति, पूर्व अध्यक्षरहेको विशेष मूल्यांकन समिति, विभिन्न उपसमितिहरु गठन गरी काम अगाडी बढाएको हो । प्रदर्शनीको करिव १५ लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने अनुमान गरिएको छ ।