बुटवल, मंसिर – लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा मंगलापुरमा प्रदेशका किसानहरुको लागि ३ दिने पोष्ट हार्भेष्ट सम्बन्धी कृषकस्तर तालिम सुरु गरेको छ ।
तालिमको शुक्रबार लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले शुभारम्भ गर्नुभयो ।
निर्देशनालयका प्रमुख राम प्रसाद पाण्डेको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा बोल्नुहुदै मन्त्रालयका सचिव याम नारायण देवकोटाले ३ दिनको तालिममा किसानले आफुले सिकेका कुरारु साथै एक अर्कोका अनुभव आदान प्रदान गर्न समेत सहयोगी हुनेअपेक्ष व्यक्त गर्नुभयो ।
तालिम शुभारम्भ मन्तव्य राख्दै देवकोटाले तालिममा सिकेको कुरा आफ्नो जिल्लामा फर्कीएपछि अन्य छिमिकी किसान दाजुभाई, दिदी बहिनीहरुलाई समेत सिकाउनको लागि आग्रह समेत गर्नुभएको थियो ।
तालिम शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डेले अन्नवाली र तरकारमा उत्पादन पछि हुने क्षती न्यूनीकरणको लागि यो तालिम फलदायी हुने बताउनुभएको थियो ।उहाँले किसानले उत्पादन क्षती न्यूनीकरण गर्न सकेमा लागत समेत काम हुने बताउँदै किसानले बाली बस्तु उत्पादन पछि उपभोग सम्मको समयमा त्यसको जर्गेन गर्नको लागि तालिम आवश्यक रहेको बताउनुभयो ।
तालिममा २ दिन सम्म शैद्धान्तीक छलफल र एक दिन रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका कृषिजन्य उद्योगको भ्रमण कार्यक्रम समेत तय गरिएको निर्देशनालयका कृषि अधिकृत दायाराम बस्यालले जानकारी दिनुभयो । तालिम शुभारम्भ कार्यक्रममा निर्देशनालयका बागवानी विकास अधिकृत सुनौना बरालीको सञ्चालनमा भएको थियो ।
तालिममा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रतीनीधीमुलक किसानहरुको सहभागीता रहेको छ ।