
बुटवल, मंसिर – पछिल्लो समयमा मानिसले जथाभावी रुपमा एन्टीबायोटीकको प्रयोग बढ्दै जाँदा यसबाट एन्टीबायोटिक रेजिष्टेनको मात्रा बढ्न गई भविश्यमा गम्भिर समस्या आउने तर्फ रोक्नको लागि समयमा नै सबै जनाले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने कुरामा जोड दिइएको छ ।
प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्र्देशनालय बुटवलको आयोजना र डब्लुएचओको सहयोगमा बुटवलमा भएको विश्व प्रतिजैविक प्रतिरोध सप्ताहको अवसरमा आयोजित एक स्वाथ्य अवधारणा तथा प्रतिजैविक प्रतिरोध सचेतना विषयक गोष्ठीमा सहभागीहरुले एन्टीबायोटिकको प्रयोगमा सबैजनाले अहिलेबाट नै सवाधानी नअपनाएमा यसले गम्भिर अवस्था ल्याउन सक्नेतर्फ सचेत हुनुपर्ने बेला आएको बताएका हुन ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले आफु पशुस्वाथ्य प्राविधिक समेत भएको बताउँदै यसको लागि सबै निकायबाट अति आवश्यक भए मात्रै एन्टीवायोटिक को प्रयोग गर्नुपर्ने बताउँदै सरकारबाट बिक्रि वितरण तथा प्रयोगमा रोक लागाइएका एन्टीवायोटिक प्रयोग भए नभएको विषयमा छानविन गरी कारबाही गर्नुपर्ने बताएका थिए ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. परवेश सिंह कुँवरले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै एन्टवायोटिकको प्रयोगमा विशेष सावधानी अपानाउनुपर्ने बताएका थिए । पशु तथा पंक्षीपालन क्षेत्रमा यसको प्रयोग बढि हुने गरेको पाइएको भन्दै उनले पूर्णरुपमा चेक जाँच, प्रयोगशाला रिर्पोट बिना यसको प्रयोग गर्न नहुने बताएका थिए ।
उनले मानिसको मृत्युको प्रमुख कारण विश्वमा सन् २०५० एन्टीबायोटिक रेजिष्टेन हुने तर्फ विश्व स्वाथ्य संगठनले सचेत गराईसकेको अवस्थामा यसको प्रयोगमा विशेष ख्याल गर्नुपर्ने बताएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. परवेज आलमले पशुबाट मानिसमा सर्ने ६० प्रतिशत रोग जुनोटिक रोग रहेको बताउँदै पशु तथा पंक्षीमा प्रयोग हुने एन्टीबायोटिकको प्रयोगबाट मानिसमा समेत यसले विस्तारै नकारात्मक असर पैदा गर्ने बताएका थिए ।
उनले मानिसमा अधिक मात्रामा एन्टीबायोटिकको प्रयोगको कारण पछि गएर कुनै पनि एन्टीबायोटिकले काम गर्न नसक्ने अवस्था आउने भन्दै यसको लागि बेलामा सचेत भएर एन्टीबायोटिकको प्रयोगमा सावधानी अपनाउनुपर्ने बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट माईक्रोलोजी डा. प्रियका उप्रेतीले सन् २०५० सम्ममा मानिस मृत्युको प्रमुख कारण एन्टीबायोटिक रेजिष्टेन्ट हुने आँकलन गरिएको कारण यसलाई मन्द सुनामीको रुपमा समेत परिभाषित गर्न थालिएको बताए ।
कुनै पनि एन्टीबायोटिक नयाँ बन्नको लागि २० देखि ३० बर्ष सम्म लाग्ने भन्दै डा. उप्रेतीले अहिलेकै अवस्था रहेमा मानिसको मृत्युको प्रमुख करण नै एन्टीबायोटिक रेजिष्टेन हुने बताएकी थिईन ।उनले यसको असर एशीया र अफ्रीकी मुलकमा सबैभन्दा बढि पर्ने आँकलन गरिएको बताएकी थिईन ।
चिकित्सकको प्रेप्कीसन बिन औषधी सेवन गर्दा अनावश्यक रुपमा एन्टीबायोटिकको उपभोग बढ्दै जाने भएको कारणमा यसमा बेलैमा सचेतना हुनुपर्नेउनको भनाई रहेको थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे, पशु क्वारेन्टनाईन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरे, पशुरोग अन्वेशण प्रयोगशाला नवलरासी प्रमुख डा. भरतराज काफ्ले, डा. युवराज पन्थ, प्रकाश श्रेष्ठ, पशु चिकित्सक लोकराज भुषाल, दुग्ध उत्पादक सहकारी संघ रुपन्देही अध्यक्ष लेखनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।