
बुटवल मंसिर – नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना, विकेन्द्रीकृत सहयोग एकाई बुटवलको आयोजानमा एक स्वाथ्य रणनीति कार्यान्वयनका लागि जुनोटिक रोग न्यूनीकरण सम्बन्धी सरोकारवाला विचमा छलफल गरेको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चपाईंले एक स्वाथ्य अवधारण कार्यान्वनका लागि पशुपंक्षि पालक किसान, व्यवसायी, प्याकेजिङ्ग तथा प्रसोधन गर्ने व्याक्ति र उपभोक्ता समेत सचेत हुनुपर्ने बताए । उनले सबैको साझा पहलबाट मात्रै एक स्वाथ्य सम्बन्धी अवधारण पूर्ण कार्यान्वयनमा आउने बताएका थिए । स–सानो लापरबाहीको कारण पनि मानिसबाट पशुमा, पशुबाट मानिसमा रोग सर्ने गरेको बताउँदै उनले यसको लागि सबै जनाले आ आफ्नो स्थानबाट महत्पूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।
आफु पशु स्वाथ्य प्राविधिक समेत रहेको बताउँदै उनले किसानको मसस्या समाधानको लागि लापरवाही भन्दा पनि सबै निकायका विचमा सहकार्य, संमन्वय जरुरीरहेको बताएका थिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले दुध तथा मासुजन्य बस्तु उत्पादन देखि उपभोग सम्मको सबै चरणमा उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए । कुनै पनि व्याक्ति, उत्पादक वा व्यवसायीक प्रतिष्ठानले लापरवाही गरेमा यसको क्षती भयाभह हुने भन्दै उनले उच्च सावधानी र नियमको पूर्णरुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभषन आयोजना, विकेन्द्रीकृत सहयोग एकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले सबैको साझा पहलबाट एक स्वाथ्य सम्बन्धी अवारणमा उल्लेख भएको मापदण्ड पालना हुने अपेक्षा लिएको बताएका थिए ।स सानो सावधानीले नै ठुलो मानव र पशु स्वाथ्य समस्याबाट जोगीन सकिने उनको तर्क थियो ।
कार्यक्रममा आयोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत डा. शिवला भुषाल, योजना अधिकृत डा. अरुण खनाल लगायतको जुनोटिक रोगको विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका पशु चिकित्सक लोकराज भुषाल, उपभोक्ता हित अभियान्ता तथा नाशा लुम्बिनी प्रदेश अध्यक्ष तुलसीराम भण्डारी लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा पशुपालक किसान, दुग्ध व्यवसायी, सहकारी वा समुहका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।