कृषि पढेका विद्यार्थीको लोभलाग्दो सयपत्री खेती

बुटवल, कार्तिक – अर्घाखाँचीमा रहेको एग्रो फोरेष्टी पोलिटेक्नीकल ईन्ष्च्यिुट मथुरा अर्घाखाँचीमा आईएससी एजी(डिप्लोमा) तह पुरा गरेका विद्यार्थी शुभास खनालले रुपन्देहीमा व्यवसायी सयपत्री खेती गरेका छन् । बुटवल मा ओजेटी साथै आयोग तयारीको लागि बस्दै आएका उनले पुस्तकमा शैद्धान्तीक रुपमा पढेको कुरालाई व्यवहारमा उतार्ननको लागि बुटवल उप–महानगरपालिका वडा नम्बर–१२ तामनगरमा व्यवसायी सयपत्री खेती गरेका हुन ।

 

यो तिहारमा उत्पादन गर्ने र विक्रि गर्ने गरी उनले सुरुवात गरेको फुल खेतीमा अहिले ढकमक्क सयत्री फुल फुलेका छन् । अर्घाखाँची स्थायी घर भएका उनले आफुले अन्य कृषि पढेका वा पढ्दै गरेका विद्यार्थीहरुको लागि सिकाईको लागि भएपनि खेती गरेको बताएका छन् । मात्रै २० हजार लगानीमा उनले आफ्नै मामाको १ कठ्ठा जग्गा मा खेती गरेका हुन ।

यो बाट करिव १ लाख आम्दानी गर्ने लक्ष्य रहेको बताए । उनले भने–‘पढेर मात्रै पनि भएन, पढेको कुरा व्यवहारमा लागू गर्नको लागि भन्दै व्यवसाय सुरुवात गरेको हुँ ।’ उनले यो बर्ष व्यवसायीक रुपमा फुल खेती सफल भएमा अर्को बर्ष देखि अझ विस्तार गर्ने योजना बनाएको समेत बताएका छन् । पहिलो चरणको फुल उनले विक्रि गरिसकेका छन् । जसबाट केही निस्चित आम्दानी भएको उनको भनाई छ ।

cast:butwal today

 

© 2025 krishipatra All right reserved