पशुबिकास बिशेषज्ञ यादवको नेतृत्वमा पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् गठन

बुटवल, कार्तिक । पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ को बमोजिम परिषद् गठन गरिएको छ । देबेन्द्र प्रसाद यादवको अध्यक्षतामा गठन भएको परिषद्मा लुम्बिनी प्रदेशबाट लोकराज भुषाल चयन भएका छन् ।

पशुपंक्षि तथा मस्य विकास निर्देशनालय बुटवलमा कार्यरत अधिकृत भुषाल लुम्बिनी प्रदेश अन्र्तगत खुल्ला सदस्यको रुपमा चयन भएका हुन । परिषद्को उपाध्यक्षमा जनक प्रसाद रावत चयन भएका छन् । यस्तै सदस्यहरुमा सुजिता उप्रेती, खिल बहादुर श्रेष्ठ, प्रमोद कुमार रिजाल, शंकर सिंह, काजि बहादुर श्रेष्ठ, सरेश कुमार श्रेष्ठ, धर्मराज जैसी, गितादेवी रिजाल, सियाराम प्रसाद सिंह, उषा कार्की, राम प्रसाद मेहेता,गैरीदेवी थापा, कमल विश्वकर्मा, डाकुरनाथ पराजुली, पूर्ण बहादुर बुढा रहेका छन् ।


नेपाल सरकार मन्त्रि परिषदको २०८०–७–१६ गतेको निर्णय भए बमोजिम संघीय कृषि तथा पशुपन्छि बिकासमन्त्रालयमा मन्त्री डा. बेदुराम भुसाल, कृषिसचिव डा. गोबिन्द शर्मा र पशुपन्छि तर्फका सचिव डा . रेवति रमण पौडेल को उपस्थितिमा परिषद्को जिम्म्ेबारी प्रदान गरिएको हो ।
पशुबिकास बिशेषज्ञ देबेन्द्र यादव ,(नासाका प्रतिनिधि) उपाध्यक्षमा जनक बहादु रावल ( नेपाल पशुस्वास्थ प्राबिधिक संध का केन्द्रीय अध्यक्ष ) सहित थप १६ जना पशुसेवामा संलग्न विभिन्न बिधा र क्षेत्रका पेशाकर्मी रहेका छन् । परिषदको रजिष्टारमा नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसियसन (नेल्भा) पुुर्वअध्यक्ष पुर्ण बहादुर बुढा नियुक्ती भएका हुन ।

© 2025 krishipatra All right reserved