तिहार पर्खिदै मखमली र सयपत्री : बुटवलमै ५ हजार माला उत्पादन गर्दै विद्यार्थी

  • मालामा २० रुपैयाँ सस्तो , किलोमा ५० रुपैयाँ ।
  • बुटवल,  कार्तिक । बुटवल उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको कृषि अध्यापन गराउने विद्यार्थीले सुरुवात गरेको कृषि फार्ममा अहिले मखमली र सयपत्री फूलका माला तयार हुँदैछन् । नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा रहेको तिहार फूलको पर्व र उज्यालोपर्वको रूपमा समेत चिनिन्छन् । फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिचर्स सेन्टर मा सञ्चालकसहित ओजेटिको लागि आएका कृषि पढ्दै गरेका विद्यार्थीहरूले समेत धमाधम फूलको माला बनाइरहेका छन् ।

    फार्मका म्यानेजिङ्ग डाईरेक्टर राजेश कुँवरका अनुसार मखमली र सयपत्री फूलले तिहार कुरिरहेको छ । व्यवसायिक रूपमा यो क्षेत्रमा नै ३५ सय बढि सयपत्री फूलको माला उत्पादन गर्ने योजना सहित फार्ममा अहिले काम भैरहेको हो । १० हजार किलो फूल उत्पादन गर्ने गरी अहिले काम भैरहेको हो । फोकसमा मखमलमाला करिब १ सय ५० वटा मात्रै छन् । गत बर्ष पनि यो फार्मममा व्यवसायिक सयपत्री फूल उत्पादन गरिएको थियो । निर्माण गरिएको फूलका माला स्थानीय कृषि सहकारीले निर्माण गरेको कोल्ड चेम्बरमा भण्डारण गरेर राखीएको छ ।

    १५ कठ्ठा क्षेत्रफलमा अहिले व्यवसायिक सयपत्री र मखमली फूल खेती उनीहरूले गरेका हुन । बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ चम्कीपुरमा रहेको यो फार्ममा फूल खेतीको अलवा ड्रगन फल खेती र अन्य फलफूल पनि खेती गरिएको छ ।
    फार्मका म्यानेजिङ्ग डाईरेक्टर राजेश कुँवरका अनुसार फार्मका सञ्चालक सबै नै कृषि अध्यायन पुरा गरेका तथा पढ्दै गरेका छन् । उनीहरूले जग्गा भाडामा लिएर व्यवसायीक फार्म सुरुवात गरेका हुन । बुटवलमा फुल खेती गर्दै आएका उनीहरूले विभिन्न स्थानमा सयपत्री खेती तालिम समेत दिदै आएका छन् । उनीहरूले अहिले रोल्पा, अर्घाखाँची, दाङ जिल्लामा पनि फुल खेती त्यहाँको समुह मार्फत गर्दै आएका हुन । यसको अलवा बीउ र प्राबिधिक परामर्श अर्घाखाँची, दाङ, कपिल्बस्तु, धागिङ, तनहु, रोल्पा, कैलाली, गुल्मी, रामेछाप लगायतका जिल्लाहरूमा दिएका छन् ।

    २ लाख लगानीमा यो पटक फुल खेती गरेका उनीहरूले तिहारको बेला सबै फुल खपत भएमा आम्दानी हुने अपेक्षा गरेका छन् । अहिले सम्म करिव ६० देखि ७० हजार सम्मको फूलको माला विक्री भैरहेको छ । म्यानेजिङ्ग डाईरेक्टर कुँवरका अनुसार ३.५ कठ्ठा क्षेत्रफलमा ड्रागन फ्रुट, सुन कागती १.५ कठ्ठामा, कुरिलो र आम्बा गरी १ कठ्ठामा खेती भैरहेको छ ।

    भण्डारण लागि समस्या

    उत्पादन गरेको फूलको भण्डारण लागि समस्या छ । उनीहरूले उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि कोल्ड चेम्बर, कोल्ड स्टोरको अभाव छ । जसको कारण पनि पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको हो । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा लगेर राख्ने गरेका छन् । जुन स्थान पनि सानो छ । भाडामा लिएर उत्पादित माला राख्दा यसको लागत समेत बढ्ने गरेको किसानको गुनासो छ । फोकसले पुर्वी नेपालमा उत्पादन गरेकोे किबी फल समेत बुटवल लगायतका स्थानमा विक्रि गर्दै आएको छ ।जसको लागि बुटवलमा कोल्ड स्टोरको अभाव छ । उत्पादन भएको फलफुल र माकेटिङ्गको लागि समेत ल्याइएको फलफुल को राख्नको लागि सरकारी निकाय बाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरिएको फार्म सञ्चालकहरू बताउँछन् । तर यसमा ठोस सहयोग नभएको उनको भनाई छ ।

    उत्पादन भएको फुलको विक्रिका लागि विभिन्न होल सेल व्यवायीहरूले अहिले पनि बुकीङ्गको लागि माग गर्ने गरेको छन् । तर फार्म सञ्चालकले भने आफै बुटवलमा लगेर फुलको माला विक्रि गर्ने योजना बनाएका छन् । अन्य भन्दा मालामा २० रूपैयाँ सस्तो र किलोमा ५० रूपैयाँ सस्तोमा फार्मबाट नै विक्रि गर्ने समेत व्यवस्था गरिएको छ । प्रबन्ध सञ्चार राजेक कुँवर भन्छन्–‘किसानको पिडा किसान लाई नै थाहा हुन्छ, हामी यो पटक आफै बुटवलमा गएर माला विक्रि गर्ने योजना बनाएका छौं, हेरै के हुन्छ ।’
    फार्म बाट ५ सय देखि ५ सय ५० रूपैयाँ प्रतिकिलो मा सयपत्री फुल विक्रि भैरहेको छ । यस्तै फोकसले कट फलावार समेत विक्रि गर्दै आएको छ । स सानो पिसमा विभिन्न सभा समारोहमा उनीहरूले कट फल्वारको माला, स्वागत गुच्चा लगायतका डेकोरेसनको लागि समेत माला उपलब्ध गराउदै आएका छन् ।

    फोकस मल्टी एग्रो कन्र्सनमा सञ्जय अर्याल, किराण तिमीसीना, सरोन भट्टारई सञ्चालक हुन ।उनीहरू सबै एमएस्सी एग्रीकल्चर पढेका हुन ।
    यस्तै अर्का सञ्चालक विबेक ज्ञवाली एमएससी एजी बढ्दै छन् भने विशाल पन्थी फार्म व्यवस्थापक व्यवस्थापन विषयमा स्नातक तह अध्यन गर्दै आएका छन् । फार्ममा ६÷७ वटा सिटिईभीटीको आईएस्सी अध्यानगर्दै गरेका र ९ देखि १२ प्राविधिक धार तर्फ कृषि पढ्दै गरेका गरि १७ जना विद्यार्थी ओजेटिको लागि फार्ममा आवद्ध भएका छन् । यो बर्ष २८ जना विद्यार्थीले ओजेटीको लागि काम गरेका छन् ।

    प्लाष्टिकको माला बन्द नहुँदा मार्कमा

    बागमती प्रदेश सरकारले भारतबाट फुलको माला आयातमा रोक लगाएको छ । तर पनि लुकी छीपी अहिले पनि चोर बाटो हुँदै नेपालमा भारतीय विषादीयुक्त माला नेपाल भित्रीएका छन् । विषादीराखेर चम्काईएका माला संगै अहिले प्लाष्टिकका माला समेत बजारभरी रहेका छन् । विभिन्न पालिकाहरूले प्ललाष्टिकको माला विक्रि गर्नमा प्रतिबन्ध लगाउदै जफत समेत गरेको छ । तर बुटवल सहित रूपन्देहीका १६ वटौ पालिकाहरूले भने प्लाष्टिक का माला विक्रि वितरणमा रोक लगाउन सकेका छैनन ।

    दाङ सहित केही जिल्लाका स्थानीय पालिकाहरूले स्थानी उत्पादन प्रर्वद्धनको लागि माला स्वदेशमा नै उत्पादित माला प्रयोग गर्न आग्रह गर्दै प्लाष्टिकका माला विक्रिमा रोक लगाएका छन् । बजारमा विक्रिका लागि राखीएका माला समेत जफत गरी नष्ट समेत गरेका छन् । तर बुटवल उपमहानरपालिका सहितका अन्य नगरपालिका, गाउँपालिका हरूले भने यो हिम्मत गर्न सकेका छैनन । जसको कारण नेपाली पुष्प उत्पादक किसानहरू भने प्रत्यक्ष मारमा परेका छन् ।

    Cast:butwal today daily

    © 2024 krishipatra All right reserved