
बुटवल, कार्तिक । तिहार लक्षित गर्दै नेपाल सरकराले भारतीय सय पत्री फुल मालाको आयातमा प्रतिबन्ध लगाएको छ । नेपालमा नै प्रयाप्त मात्रामा फुल उत्पादन भएको भन्दै सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।