बुटवल उपमहानगरपालिकाद्धारा डीडीसीको अनगुमन

बुटवल कार्तिक- बुटवल उप–महानगरपालिकाले बुटवल औद्योगीक क्षेत्रमा रहेको दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजना (डीडीसी)मा अनुगमन तथा अन्तरक्रिया गरेको छ । अनुगमन समितिका संयोजक समेत रहेकी नगर उप प्रमुख सावित्रा देबी अर्यालयको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा डिडीसीमा कुनै पनि त्रुटी फेला नपरेको बुटवल उपमहानगरापलिका अनुगुमन अधिकृत ठगीश्वर पोखरेलले जानकारी दिए ।
उनका अनुसार उपभोक्ताहरुको गुनासोको आधारमा अनुगमन गरिएको थियो ।जसमा कुनै पनि त्रुटी फेला नपरेको पाइएको हो । अनुगमन गर्दा उक्त कार्यालयका प्रमुख विदामा रहेका थिए । निमित्त प्रमुख समेत कार्यालयमा उपस्थिति थिएनन । प्रयोगशाला विभाग प्रमुख डा. माधव पाण्डेले डिडीसीले जहिले पनि उच्च गुणस्तरको समान विक्री गर्ने भएको कारण किसानबाट दुध ल्याउँदा पनि ल्याव परिक्षण गरिने, विक्रि गर्दा पनि पूर्ण रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ल्याब परिक्षण गरिने भएको कारण कुनै पनि त्रुटी नुहने बताएका थिए ।
उनले बजारमा पोको पारेको दुध खान नुहने भन्ने हल्ला रहेको भन्दै मानिसले विभिन्न प्रकृतिको रोगबाट बच्नको लागि पनि खुल्ला दुध भन्दा पनि प्याकेजिङ्ग दुध र दुग्धजन्य बस्तु उपभोगन गर्नुपर्नेमा जोड दिएका थिए ।

© 2025 krishipatra All right reserved