बुटवल,कार्तिक । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग एकाई बुटवलको आयोजनामा प्रदेशका विभिन्न किसान, फार्म सञ्चालक हरुलाई जुनोटिक रोग सम्बन्धी तालिम शुभारम्भ गरिएको छ । बुटवलमा आयोजना हुने ३ दिने तालिमको एक कार्यक्रमका विच बुधबार शुभारम्भ गरिएको छ ।
तालिमको शुभारम्भ गर्दै प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेशसिंह कुँवरले मानिसबाट पशुमा पशुबाट मानिसमा सर्ने रोग जुनोटिक रोग भएको कारण स सानो सावधानीबाट यस्तो प्रकृतिका रोग लाग्नबाट जोगिन सकिने बताएका थिए । उनले पशुपंक्षी पालक किसान, व्यवसायी र उपभोक्ता समयमा नै रोग बारेमा सचेत हुन सकेमा रोग लाग्नबाट जोगाउन सकिने बताए ।
कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्र ईनोभेषन आयोजना विकेन्द्रीकृत सहयोग एकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले आयोजना पश्चात अहिले प्रदेशमा दुध र मासुको उत्पादकत्वमा वृद्धि भएको जानकारी दिदै किसानले समयमा नै जुनोटिक रोगको पहिचान, सर्ने माध्याम, निराकरणका उपायहरुको विषयमा जनकारी लिन सकेमा यसबाट जोगीन सकिने बताएका थिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजान बुटवल कार्यालयका अनुगमन तथा मुल्यांकन अधिकृत डा. शिवलाल भुषालले प्रतिनिमुलक किसानको सहभागीतामा जुनोटिक रोग सम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिदै सिकेकका कुराव्यवाहारमा उतार्नको लागि सहभागीहरुलाई आग्रह गरेका थिए । उनले आफुले जानेको, सिकेका कुरा एक अर्कोमा सिकाउनको लागि आग्रह गर्दै यसले गर्दा मानिसमा लाग्ने पशुपंक्षिबाट सर्ने जटिल रोगबाट समेत बच्न सकिने बताएका थिए ।
कार्यक्रममा तालिम उदेश्यबारेमा प्रकाश पार्दै कार्यालयका योजना अधिकृत डा. अरुण खनाल ले करिव ३०० भन्दा बढि रोगहरु रहेको कारण ७० प्रतिशत भन्दा बढि रोग पशुपंक्षिबाट मानिसमा सर्ने खालको रहेकोले यसलाई रोगथामका लागि पनि उच्च सावधानी आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कार्यालयका लेखा अधिकृत हरि प्रसाद ज्ञवाली, नायव शुब्बा कृष्ण पन्थी, पशु स्वाथ्य प्राविधिक सहायक ठाकुर प्रसाद खड्का लगायतको सहभागीता रहेको थियो ।