प्रदेशका उत्कृष्ट किसान नगद सहित सम्मानित

बुटवल कार्तिक–लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले प्रदेशका ८ जना उत्कृष्ठ किसानलाई नगद सहित पुरस्कृत गरेको छ । ४३ औं विश्व खाद्य दिवसको अवसरमा रुपन्देहीको मंगलापुरमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रदेशका ८ जना उत्कृष्ट किसानलाई नगद ८ हजार(कर कट्टी) सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटा, निर्देशनालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, मन्त्रालयका प्रवक्ता तथा प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनी, वरिष्ठ बाली संरक्षण अधिकृत खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम चौधरी , पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलमा निमित्त प्रमुख डा. प्रवेश सिंह कुँवर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख नारायण काफ्ले ले संयुक्त रुपमा किसान लाई सम्मानित गरेका हुन ।

खाद्यान्न बाली तर्फ राजापुर बर्दीयाका किसान पहारी चौधरी, रोल्पाका किसान तिलक खड्का, दाङका मौरी किसान माधव केसी, नवलरासीका च्याउ किसान नरेश जयसवाल, पाल्पाका तरकारी किसान सुर्दशन पन्त, दाङका तरकारी किसान राजु थापा, मसलवाली तर्फ पाल्पाका किसान जनक प्रसाद अचार्य र मसालावी तराई तर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका १२ का किसान प्रकाश गुप्तालाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै कृषि तथा भूमी व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले किसानको मिहिनेबाट नै प्रदेश सरकार सफल हुने भन्दै उत्कृष्ट किसानलाई बधाई ज्ञापन गरेका थिए । उनले खाद्य सुरक्षामा प्रदेश कमजोर नभएको बताउँदै उत्पादित बस्तु खाद्यान्नको लागि मात्रै प्रयोग गर्ने, खाद्यान्नमा पनि विविधिरण गरेर उपभोग गर्ने बाँनीको विकास गर्न सकेमा यसले खाद्य सुरक्षामा महत्पूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेशमा खाद्य तथा पोषण सुरक्षाको अवस्था, भावी, कार्यदिशा तथा अवलम्बन गर्नुपर्ने पक्षहरुको विषयमा प्रदेशको कृषि तथा भुमि व्यवथा मन्त्रालयका बरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै जीवन र खाद्यको आधार पानी को विषयमा प्रदेशको पशुंक्षि तथा मत्स्य बिकास निर्देशनालयका निमत्त प्रमुख परवेशसिंह कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम निर्देशनालयका कृषि प्रसार अधिकृत आशा भण्डारीको स्वागत र बागवानी विकास अधिकृत सुनौना बरालीको सञ्चालनमा भएको हो ।

© 2024 krishipatra All right reserved