एक स्वाथ्य अबधारणा बारे छलफल

बुटवल असोज- लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवको आयोजनामा एक स्वाथ्य अवधारणा विषयमा गोष्ठी गरिएको छ ।
बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनीले मानिसबाट पशुमा पशुवाट मानिसमा सर्ने रोगको विषय किसान, उत्पादक, उपभोक्ता, व्यवसायी सबै सचेत भए मात्रै समस्या समाधान हुने बताएका छन् । गोष्ठीमा बोल्दै महाशाखा प्रमुख मरासीनीले उत्पादक देखि उपभोक्ता सम्म सबैजना समेत हुनुपर्ने कुरामा जोड दिएका थिए ।
निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेश सिंह कुँवरले मानिसबाट पशुमा, पशुबाट मानिसमा सर्ने जुनोटिक रोगकको विषयमा सबैजना बेलैमा सचेत हुनुपर्ने बताएका थिए ।कार्यक्रममा बोल्दै उनले पशुपंक्षि पालक किसान, व्यवसाय गर्ने व्यवसायीहरु, उपभोक्ता समेत सचेत भएमा मात्रै यी र यस्ता समस्याबाट समाधान गर्न सकिने बताएका थिए ।
कार्यक्रममा एक स्वाथ्य अवधारणको विषयमा अवधारण पत्र प्रस्तुत गर्दै पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला नवरासीका प्रमुख डा. भरत काफ्लेले पशुपंक्षि पाल्ने तरिका, बध गर्ने स्थान, तरिका, बध पश्चात मासुजन्य बस्तुको ढुवानी सहित उपभोग लगायतका विषयमा प्रकाश पारेका थिए ।
कार्यशाला गोष्ठीमा प्राविधिक कार्यपत्र प्रस्तुत गर्दै पशु क्वारेन्टीन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेले कतिपय किसान, व्यवसायी तथा उपभोक्ताको कारण पनि मानिसमा पशुजन्य रोगका फैलावट हुने गरेको बताएका थिए । उनले यसको लागि सबै जनाले समयमा नै सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व पशुंक्षी महाशाखा प्रमुख तुलसीराम भण्डारीले पशुपंक्षि पालक किसान समयमा नै सचेत भए रोग लागेका पशुपंक्षीको समयमा नै उपचार गरेरमा यसबाट लाग्ने रोगमा अधिकतम सावधानी अपनाउन सक्दा रोग सर्ने संभावना पनि कमी हुने बताएका थिए ।
कार्यक्रममा व्यवसायी बाख्रापालक महासंघका केन्द्रीय महासचिव तारानाथ पोखरेल नेपाल बाख्रामा आत्मनिर्भर भएको समयमा विदेशबाट आयात गर्न नहुने यसमा सरकराले कडाईका साथ लागू गर्नुपर्ने बताएका थिए । खासगरी चाडपर्वको समयमा भारतबाट लुकीछिपी मात्रामा खसी बोका आउने गरेको भन्दै उनले यसको लागि सरकारले कडा कदम चाल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा व्यवसायी बाख्रा पालक महासंघका पुर्व केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले तीन वटै सरकराले बाख्रा पालक किसानको हितका लागि एउटा बाख्रा संकलन केन्द्र निर्माण गर्न माग गरेका थिए । कार्यक्रममा बंगुरपालक किसान संघका प्रदेश अध्यक्ष टिला बहादुर सुर्यबंशी, निर्देशनालयका अधिकृत लोकराज भुषाल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

© 2024 krishipatra All right reserved