
कृषि विकास निर्देशनालय बुटवलको आयोजानमा कृषि विभाग/विउ विजन गुणस्तर नियन्त्रण केन्द्रसंगको संमन्वयमा बीउ अनुदानमा संघीय ससर्त कार्यक्रममा रहेका स्थानीय तहहरुलाई विउ विजन उत्पादन, आपुर्ती तथा व्यवस्थापन तथा विद्युतीय विउ विजन प्रणाली सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेशका ५० वटा पालिकामा कार्यरत कृषि अधिकृत, कृषि प्राविधिक, नायव प्राविकि साहायक स्तरमा कार्यरत कृषि प्राविधिकहरुलाई अभिमुखिरण प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत ,खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरीले बीउ विजनको शुद्धताको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट पूर्ण रुपमा मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएका थिए । उनले बालीको प्रमुख फाउन्डेसन भनेको बीऊ भएको भन्दै यसको शुद्धता, गुणस्तरियता कायम गर्नको लागि प्राविधिकहरुको ठूलो भूमिका हुने बताएका थिए ।
अभिमुखिरण कार्यक्रममा बाली विकास तथा जैविक संरक्षण विविधता केन्द्रका प्रमुख बरिष्ठ बाली विकास अधिकृत मुकुन्द भुषाल, बीऊ विजन प्रयोगशाला भैरहवाका प्रमुख बालि विकास अधिकृत सालिकराम गौतम, विउ विजन गुणस्तर नियन्त्रण केन्द्रका रचना देवीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत शिव प्रसाद अर्याल, बीऊ विजन प्रयोगशाला बाँके खजुराका प्रमुख दिपक सापकोटा, कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख कृषि प्रसार अधिकृत आशा भण्डारी, मन्त्रालयका कृषि प्रसार अधिकृत अनिल कानु बनिया,निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बराली, नविन पन्त लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
बीउ विजनको नमुना संकलन देखि लिएर प्रमणीकरण सम्मको कार्य अनलाईन प्रणालीबाट गर्ने गरी विकास भएको प्रणालीको विषयमा स्थानीय तहकाप्राविधिहरुलाई पुनः अभिमुखिकरण तालिम प्रदान गरिएको निर्देशनालयका कृषि अधिकृत दयाराम बस्यालले जानकारी दिए ।