
बुटवल, असोज । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बुटवलको मिलनचौकमा रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट सुरु भएको प्रभातफेरी बुटवल उपमहानगरपालिकामा गएर अन्तरक्रिया कार्यक्रममा परिणात भएको थियो ।
रुपन्देही स्थिति विभिन्न पशुपंक्षि क्षेत्रका कार्यालय, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि सहित पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीहरुको सहभागीतामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
नियमित रेबिज विरुद्धको खोप लगाउँ, रेविज हुन बाट बचौं सहित का विभिन्न चेतानामुलक, सन्देशमुलक प्लोकार्ड, व्यानर सहितको प्रभातफेरी बुटवलको मिलनचौकबाट नयाँ बसपार्क, अस्पताल लाईन, ट्राफिक चौक, हटाबजार लाईन हुँदै बुटवल उपमहानरपालिका रहेको स्थान बुटवल–४ मा पुगेर अन्तरक्रिया मा परिणात भएको थियो ।
जिल्ला संम्वय समितिका प्रमुख तथा पशु प्राविधिक समेत रहेका उमाकान्त चपाईंले कार्यक्रममा बोल्दै रेविज बाट बच्नको लागि खोप नै प्रमुख विकल्प भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले छाडा चौपायबाट रेबिज सर्ने संभावना उच्च रहेको भन्दै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागिपरेको बताईन ।
कार्यक्रममा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत (भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनी, पशुपंक्षि तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेश सिंह कुँवर लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा डा. भरत काफ्लेले रेबीज रोगको विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट बच्ने उपाय लगायतको विषयमा आ आफ्नो भनाई राखेका थिए ।