नेपाल लाइभस्टक इनोभेशन आयोजनाद्धारा लुम्बिनी दुग्ध वितरण आयोजनालाई २ करोड उपकरण सहित भवन

बुटवल() भदौ.- कृषि तथा पशुपन्छि बिकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना हरिहर भवन ललितपुरको अनुदान सहयोगमा दुग्ध विकास संस्थानलाई प्राप्त उपकरण तथा भवन लुम्बिनी दुग्ध बितरण आयोजना बुटवलमा हस्तान्तरण गरिएको छ ।
बुटवल औद्योगीक क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना हरिहर भवन ललितपुरका निर्देशक डा प्रवेश शर्माले बुटवल स्थित लुम्बिनी दुग्ध वितरण आयोजना प्रमुख योगेन्द्र शाहलाई भवनको चाँपी प्रदान गरेका हुन ।

फुल अटोमेटिक सेमी क्यान मिल्क बोटल, रिफिल, लेवलिंग र प्याकेजिंगको काम सोही मेसिनबाट हुने छ । उक्त सामाग्रीको मुल्य २ करोड ४८ लाख बराबरको रहेको दुग्ध विकास संस्थानका प्राविधिक ब्यवस्थापन विभागीय प्रमुख निलकण्ठ गौतमले जानकारी दिए । भवन तथा उपकरण हस्तान्तरण कार्यक्रममा दुग्ध विकास संस्थानका प्राविधिक ब्यवस्थापन विभागीय प्रमुख निलकण्ठ गौतम, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना समन्वय कार्यालय बुटवलका प्रमुख डा. गान्धीराज उपाध्याय, लुम्बिनी दुग्ध वितरण आयोजनाका इन्जिनियर भरतराज रोकालगायतले प्राप्त उपकरणले आयोजनालाई महत्पूर्ण भुमिका खेल्ने बताएका थिए ।

© 2025 krishipatra All right reserved