बस्याल बने कृषि निर्देशनालयका सर्बोत्कृष्ट कर्मचारी

बुटवल भदौ- कृषि विकास निर्देशनालय बुटवलका सर्बोत्कृष्ट कर्मचारी दयाराम बस्याल भएका छन् । निर्देशनालयले हरेक बर्ष प्रदान गर्ने सर्बोत्कृष्ट कर्मचारीको सम्मान बाट यो बर्ष अधिकृत स्तर छैठौ तहमा कार्यरत दायाराम बस्याललाई सम्मान गरेको हो । निर्देशनालय २० औ निजामती कर्मचारी दिवसको अवसरमा कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उत्त सम्मान प्रदान गरेको हो ।
निर्देशनालयका निमित्त प्रमुख राम पाण्डेले बस्याललाई दोसल्ला ओढाएर सम्मान सहित मायाको चिनो प्रमाणपत्रले प्रमाणपत्रले पुरस्कृत गरेका हुन । सो अवसरमा बुटवल–१४ का किसान रामनाथ उपाध्याय र अन्य कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

© 2025 krishipatra All right reserved