बुटवल कृषि उपज व्यवस्थापन समितिको १३ औ स्थापना दिवस

बुटवल भदौ –बुटवल कृषि उपज व्यवस्थापन समितिको स्थापनाको १३ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसमा मनाइएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१५ कर्साघाट क्षेत्रमा निर्माण गरिने भनिएको बहुउदेश्य कृषि बजार स्थापना नहुँदा सम्मको लागि बुटवलका व्यवसायीहरु साविक स्थानबाट हट्न नपर्ने बताएका थिए । उनले व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा लगानी गर्नको लागि आग्रह गर्दै कृषि बाट नै समृद्धिको ढोका खुल्ने भन्दै उनले बाँजो जग्गा भाडामा लिएर व्यवसायीक रुपमा खेती गरेमा नगरपालिकलो पनि सघाउने बताएका थिए ।
सेमलार कर्सा घाट क्षेत्रमा निर्माण गरिने भनिएको बहुउदेश्य कृषि बजारको विभिन्न प्रक्रियागत रुपमा काम रोकीएको भन्दै उनले सबै प्रक्रिया पुरा गरेर यहि मंसि महिना भित्रमा बजार निर्माण काम अगाडी बढ्ने बताएका थिए । उनले अव गाउँ गाउँमा जापानी मोडल अनुसार कोल्ड स्टोर संगै ड्राई स्टोरको समेत आवश्यकता रहेको भन्दै सोही अनुसारको व्यवस्थापन तिनै तहका सरकार मिलेर गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी आर्यालले बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि नगरपालिका जहिले पनि किसानको पक्षमा रहेको बताईन । उनले बुटवलका १४ देखि १९ वडा लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरिएको भन्दै सोही अनुसारको योजना बनाएर कामा गरिरहेको बताएकी थिईन ।
कार्यक्रममा कृषि मन्त्रालय कृषि व्यवसाय प्रर्वद्धन तथा यन्त्रीकरण विभाग का निमित्त प्रमुख टिकाराम शर्मा, कृषि ज्ञान केन्द्र रुपन्देही प्रमुख शिव प्रसाद अर्याल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकई रुपन्देही प्रमुख नारायण प्रसाद काफ्ले, बुटवल उपमहानगरपालिका डा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल)ले बजार स्थापना काल देखि हाल सम्म भए गरेका गतिविधिबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक डिल्लीराज पौडेलले गरेका थिए ।

© 2025 krishipatra All right reserved