कृषि सहकारीको स्थापना दिवसमा बृक्ष हस्तान्तरण

बुटवल  भदौ– रुपन्देहीको त्तिलोतमा नगरपालिकाको मणिग्राममा रहेको लुम्बिनी कृषि सहकारी संस्था लिमिटेडले,आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । यस अवसरमा संसथाले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामलाई केही थान बृक्ष सहितको गमला हस्तान्त्रण गरेको छ ।
कार्यक्रममा सहकारीका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद पोख्ररेलले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामका अध्यक्ष भिमकान्त पन्थीलाई वृक्ष सहितको केही थान गमला हस्तान्तरणगरे पन्थीले सहकारी बारे बिभिन्न चर्चा परिचर्चा भैईरहेका बेला यस्ता सहकारिले किसानको बिश्वाश जित्दै किसान संग समन्वय गरेर कृषि उत्पादनलाई जोड दिनुपर्ने बताए । कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलले यो सहकारीले किसान समुहरू संग सम्पर्क गरि सदस्य वनाउने र कृषक समूह वनाए उत्पादन र वजारी करणमा जोड दिने कार्यक्रम रहेको जानकारी दिए ।
कर्यक्रममा कोषाअध्यक्ष डोलराज भण्डारी , सचिव टेकराज पन्थी लगायतले बोल्दै सहकारीमा भए गरेका गतिबिधी बारे जानकारी गराएका थिए । स्थापना दिवसका अवसरमा सहकारीले केही नयाँ सदस्यता समेत बृद्धि गरेको छ ।

© 2023 krishipatra All right reserved