
बुटवल– भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र साना किसान सहकारी संस्था समेलारका विचमा बाँजो जग्गामा खेती गर्ने किसानलाई विना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । कृषि खेती प्रवर्दन गर्ने, खेत बाजो राख्ने समस्या लाई न्युनिकरण गर्ने, कृषिकर्म बाट कृषक लाइ उकास्ने उद्देश्य का सम्झौता गरिएको नगर प्रवक्ता तथा वडा अध्यक्ष शिव रानाले बताए । सम्झौता अनुसार बुटवल वडा न.१५ मा स्थायी बसोबास गर्ने किसानालई विना धितो कम्तीमा ३ कठ्ठा र बढिमा मा जति पति खेतमा प्रति कठ्ठा अधिकतम रु. १५०००/- ऋण ६ प्रतिशत ब्याजमा १ वर्षका लागि कर्जा प्रवाह गरिने छ । यसको लागि किसानको ग्यारेन्टी बुटवल अप–महानगरपालिका वडा न १५ बस्ने समेत सम्झौता गरिएको हो ।