कृषिको सम्भावना प्रचुर : ब्यावसायिक उत्पादन र बजारीकरण आजको आबश्यकता

 

नेपाल कुषि प्रधान देश हो । पछिल्लो एकिङ तथयाकं नभएपनि करिव ६५ प्रतिशत जनसंख्या कृषिमा संलग्न छन् । उनीहरु खेती किसानी, पशु पालन माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक बनोट हावापानीका कारण तराई, पहाड, हिमालमा कृषि तथा पशु पालन ब्यवसाय गरिदै आएको छ ।
यद्यपी नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा लागेपनि आत्मर्निभर भने छैन । मासिक अरबौको खाधान्न फलफुल तरकारी आयात गर्नुपर्नेअवस्था छ । तर बिकसित देश अमेरिका,जर्मनी,अस्टे«लीया,जापान लगाएतका देशहरुमा १० देखी २० प्रतिसत जनसंख्या कृषि कार्यमा लागेर पनि ५० प्रतिसत भन्दा बढि कृषि जन्य उत्पादन निर्यात गरेर राम्रो बिदेशी मुद्रा आर्जन गरिरहेका छन् । देशलाई आत्म निर्भर बनाउन सफल छन् । तर हाम्रो देशमा कृषिको राम्रो संभावना भएर पनि ठुलो हिस्सा कृषि कार्यमा लाग्दापनि आत्मर्निभर हुनसकेका छैनौं । यस्तो हुनुमा राजनितीक्रर्मी, कर्मचारी र किसान वीच तालमेल हुन नसक्नु नै हो । कृषि मैत्री वातावरण नहुनु,सरकारको स्पष्ट कृषि नितीको अभाव,कृषिमा आवश्यकता अनुसार आधुनिक प्रबिधि भित्रन नसक्नु विउ, बिजन, मलखाताको अभाव,असुबिधा,सहुलियत कृषि ऋणको अभाव,कुषि उत्पादनको बजारीकरणको समस्या जस्ता कारण पनि प्रमुख समस्या हुन ।
बिभिन्न एनजिओ आइएन्जीओ र पालिकाहरुको सहयोगमा लुम्बिनी प्रदेशको रुपन्देही,पाल्पा,गुल्मी,अर्घाखाँची क्षेत्रमा कोरोना संक्रमणका बेला पनि बिदेशबाट फर्किएका यूवाहरु जमेरै तरकारीखेती,गाई,भैसी,बाख्रा,बंङगुर पालन लगाएतका कार्यमा लागेको पाइन्छ तर पनि उनिहरु सुलभ कृषि कर्जा उन्नत बिउ, बिजन मलखाद र उत्पादित बस्तुको बजार पाउन नसक्दा निरास छन् । यदि कृषि कार्यमा जागेका किसानहरुलाई सरकार र सरोकारवाला निकायले साथ दिन सक्ने हो भने यो पेसा ब्यावसाय बाट राम्रो आम्दानी लिन सकिन्छ र बिदेसी आयात घटाउदै स्वदेशमै रोजगारको ठुलो अवसर सृजना गर्न सकिन्छ ।
केही महिना अगाडी पाल्पा गुल्मी र रुपन्देहीका केही कृषि पकेट एरिया अवलोकन गर्ने क्रममा किसानहरु कृषिकार्यमा जमेरै लागेको देखियो । किसानहरुले तरकारी पलफूल खेती, पशुपालनवाट राम्रो आम्दानी लिन सफलभएका पनि कथापनि भेटिए । गुल्मी थोर्गाकी सारदा न्यौपानेको परिवारले गुण उखु टमार बेचेर घरमै वसिवसि बार्षिक ४० देखि ५० लाख सम्म आम्दानी गरेको बताउछिन् । त्यस्तै हुंगाका युवा किसान भुवन खरालले पनि जग्गा भाडामा लिएरसमेत कृषि कार्य गरेका उनले बार्षिक ३० लाख बढी आम्दानी गर्न सकेको कथा सुनाए । हुन त पाल्पाको रिब्दिकोट गाउँका दर्जनौ किसानपनि अकबरे खुर्सानी लगायत बिभिन्न तरकारी खेती,पशुपालन, बंगुर पालन जस्ता कार्यमा जमेरै लागेर राम्रो आम्दानी गर्न सफल भएकाछन् ।

बुटवलमा रहेको पैचो पसलले किसानका तरकारी फलफूल गुल्मीको गाउँ गाउँमै गएर उठाईदिने गरेका कारण पनि किसानलाई सुबिधा भएको मात्र छैन उनीहरुलाइ बजार खोज्न समेत परेको छैन । हिजो बारीमा त्यसै कुहीएर खेरजाने स्कूस,फर्सि, तामा, घिरौला, लोका,काँक्रोजस्ता कृषि पैदावारले आज बजार पाएको छ । जसबाट उनिहरुले घर खर्च चलाएका छन् छोराछोरीलाई राम्रो बिद्यालयमा पढाएका छन् राम्रो प्रगति गरेका छन् ।

यसरी कृषि कार्यमा राम्रैगरि जागेका कतिपय किसानले बस्तुको उचित बजार र मूल्य नपाउदा निरास पनि छन् । यसप्रति सरकार र सरोकारवाला निकाय गम्भीर भएर किसानलाई हौसलादिएको पाईदैन ।
उता हालैमात्र भैरहवावाट अन्तर्राष्ट्रिय उडान सुरू भएकोले अब अन्तराष्ट्रिय बजारमा समेत यहाँको तरकारी फलफूलको बजार विस्तार हुन सक्ने सम्भावना बढेको छ । त्यस्तै रुपन्देहीको मणिग्राममा आधुनिक नेपालकै ठुलो लुम्बिनी कृषि थोक बजार सचालनमा आएको छ ।तीन बिगाह क्षेत्रफलमा फैलिएको यो बजारमा १ सय ७९ वटा आधुनिक सटरहरुछन् । जहाँ किसान लक्षित ४ जिल्ला समेटिएको कृषि सहकारी पनि रहेको छ । जुन बजारमा किसानका उत्पादन बिक्रिका लागि किसान चौतारीमा निशुल्क ठाउँकोब्यवस्था छ ।
किसानहरुले कृषिबाट फाईदालिन अवका दिनमा एक दुई कट्ठा वा एक दुई रोपनिमा कुषि कार्यगरेर सफलता खोज्दछौ त्यो सम्भव छैन ठुलो परिमाणमा उत्पादन गर्न आवश्य छ । राम्रो गुणस्तिरीय उत्पादन गर्नसके स्थानिय, क्षेत्रीय, राष्ट्रीय, अन्तराष्ट्रिय बजारमा समेत राम्रो बजारको संम्भावना छ ।

जस्तो एउटा उदाहरणबाट पनि यो पुष्टि हुन्छ । बुटवल थोकमण्डिमा भारतको नासिक बैङलोरवाट टमाटर भित्रिन्छ बुटवल थोक बजारमा एक ट्रक माल लिएर आउन ४ दिन लाग्छ जस्को भाडा मात्र १ लाख ५० हजारदेखि १ लाख ७० हजार सम्म तिर्न पर्छ । हामीले उपभोग गर्ने १ किलो टमाटरमा १० रूपैया भन्दा बढि त हामीले भाडामात्र तिर्र्छौ । आखिरमा यो टमाटर मिहनत गरे त नेपालको तराई, पहाडमा राम्रो गरी फल्छ तर हामी बिदेशबाट आयात गरेर टमाटर उपभोग गरिरहेका छौ । यदि हामीले नेपालमै ठूलो भोलममा टमाटर लगाएतका कुषि जन्य बस्तुको खेति गर्न सके नेपालमै थुप्रैले रोजगार पाउने छन् र ठूलो रकम बिदेसीनबाट समेत रोकिन सक्छ । तसर्थ सरकारले कृषि क्षेत्रको यस्ता अवसरबारे स्पस्ट योजना बनाएर किसानलाई प्रोत्साहन दिन जरुरी छ । यसो भएमा ठूलो नेपाली जनशक्ति विदेसिनबाट पनि रोकिने छन् । नेपालका कतिपय कृषि पैदावार तामा, च्याउ, अदुवा, कफि, खुर्सानी स्याउ सुन्तला लगायत कृषि पैदावार विदेश निकासी गर्न सकिन्छ । तर सरकार यस्ता सम्भावना वारे गम्भीर हुन सकेको छैन ।

अब सरकारको कृषि मैत्री नीति, उत्पादनमा अनुदान गाउमै प्राबिधिक उपलब्धता मल विउको सहज व्यवस्था, बजार र मुल्यको निश्चितता, कृषिजन्य बस्तुको मूल्यमा विमा जस्ता बिषयमा गम्भीर हुन आवश्यकता छ ।

लुम्बिनी प्रदेशमा कृषिको संमभावना निकै राम्रो छ भन्ने कुरा बुटवलमा रहेको लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको तथ्याङ्कले पनि स्पष्ट पार्दछ । यो थोक बजार केन्द्रमा कारोबार हुने तरकारी फलफुलको तथ्याङ्क हेर्दा भारत बाट ५८ प्रतिसत, नेपालको ३३ प्रतिसत र चाहिनाको ८ प्रतिसत तरकारी फफुल भित्रियर कारोबार भएको छ ।
गत बर्ष १ लाख ६६ हजार म्याट्रिक टन तरकारी फलफुल आयात भएको थियो भने गत बर्ष ६ अर्व ७७ करोडको तरकारी फलफुल आयात भएको तथ्याङ्कले देखाउछ ।
उता यस क्षेत्रमा हुने सभा गेष्ठीमा सहभागि सरोकारवाला निकायले कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरि निर्यात प्रवद्धनमा जोड दिन सरकारको ध्यानकर्षण गराउदै आएको पाईन्छ उनीहरुले किशान मैत्री निति ल्याउनको लागि सरकारसँग माग गर्छन । तर तीन तहको सरकार वीच पशु पन्छि बिकाशको खाका तथा संरचना अझै प्रष्ट नभईसकेकाले सेवाग्राहीहरुमा अन्यौलता समेत कायम छ । नत सरकारले किसानमैैत्री निति नै ल्याउन सकेको छ ।
तसर्थ सरकारले स्पष्ट कृषिमैत्री निति ल्याउन सक्ने हो भनि कृषि क्षत्रेमा ठूलो संख्यामा जनसक्ति रुपान्तरण हुन सक्नेसम्भावनालाई आत्मसाथ गर्न सकिन्छ । तसर्थ कृषि क्षेत्रको बिकासका लागि सरकारले ठोस कदम चाल्न सके ठूलो सख्यामा रोजगार सृजनाभई बिदेसीन लालायित ठूलो हिस्सालाई स्वदेसमै रोजगार दिन सकिन्छ । (एभिन्यूज टेलिभीजन लुम्बिनी प्रदेश ब्यूरो प्रमुख )

© 2024 krishipatra All right reserved