बुटवल असार ।
नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलको आयोजनामा उप आयोजनाहरुको समिक्षागोष्ठी गरिएको छ । कार्यालयबाट अनुदान प्राप्त गरेका समुह,सहकारीका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा समिक्षा गरिएको हो ।
बुटवलमा आयोजना गरिएको कर्याक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलका आयोजना संमन्वय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले आयोजनाको माध्यमबाट समुह सहकारी, नीजी फार्महरुले ठुलो मात्रामा अनुदान रकम प्राप्त गर्न सफल भएको बताए । उनले आयोजना कार्यान्वयनमा रहेका ७ जिल्लाका समुह सहकारी तथा नीजि फार्महरुको दिगो विकासका लागि क्षमता अभिवृद्धि सहितको कार्यक्रमबाट आगामी दिनमा पनि ठोस कार्य गर्न सक्ने गरी विकास भएको बताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलका अनुगमन तथा मुल्यांकन अधिकृत डा. शिवलाल भुषालले अनुदान प्राप्त गर्ने सेवाग्राहीहरुको पुर्व सम्झौता अनुसार काम भए वा नभएको एकिन गरी कार्यप्रगति अनुसार भुक्तानी गरिएको बताए । उनले कतिपय किसानहरुले योजनामा सम्झौता भन्दा अन्य काम गरेको कारण सम्झौता भन्दा कम रकम प्राप्त गरेको भन्दै अनुदान प्रदानमा अन्य निकाय वा संस्था वा आयोजना भन्दा पुर्णरुपमा चुस्तदुरुत काम गरिएको बताएका थिए ।
अनुगमनको क्रममा कतिपय किसानहरुले सम्झौता भन्दा अन्य काम गरेको पाइएपछि भुक्तानी रकम कटौती समेत गरिएको जानकारी दिदै उनले ५ बर्षको आयोजनाले किसानहरुमा एउटा ठुलो सिकाईमा ठुलो फड्को मारेको बताएका थिए ।
कार्यक्रममा नवलपरासी जिल्लाका समुह तथा सहकारीहरुका प्रमुख तथा प्रतिनिधिहरुले आ,आफ्नो उप आयोजनाको विषयमा प्रकाशन पार्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलले प्रदान गरेको अनुदानबाट पूर्णरुपमा लाभ प्राप्त गर्न सकीएको बताएका थिए ।कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलका लेखा अधिकृत हरि प्रसाद ज्ञवाली, प्रशासन प्रमुख कृष्ण प्रसाद पन्थी, ईन्जीनियर धर्मेन्द्र यादव, सन्तोष थापा लगायतको सहभागीता रहेको थियो ।