एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि जुनोटिक रोगको न्युनीकरण सम्बन्धी अन्तरक्रिया

बुटवल, असार – एक स्वाथ्य रणनीति कार्यान्वयनका लागि जुनोटिक रोग को न्युनीकरण सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाई बुटवलको आयोजानमा परियोजना कार्यान्वनमा रहेका जिल्लाका किसान, समुह तथा सहकारीमा अवद्ध व्याक्तिहको सहभागीतामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल लाईभस्टक सेक्टर ईनोभसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाई बुटवलका आयोजना संमन्व्य प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले मानिसबाट पशुमा र पशुबाट मानिसमा सजिलै सर्ने रोगको विषयमा पुर्व जानकारी हुन जरुरी रहेको बताए ।
उनलेकिसान सरोकारवाला निकायले स सानो सावधानी अपनाउन सकेमा मानिसबाट पशुमा सर्ने, पशुबाट मानिसमा सर्ने रोग बाट बच्न सकिने बताउदै पुर्व सावधानी अपनाउनको लागि आग्रह गरेका थिए ।


कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाई बुटवलका अनुगमन तथा मुल्यांकन अधिकृत डा. शिवलाल भुषालले स सानो असावधानीको कारण मानिसमा प्रणाघातक रोग लाग्न सक्ने भन्दै पशु चौपायाको रोगको विषयमा समयमा नै जागरुक भएर सोही अनुसारको क्रियाकलाप गर्नको लागि किसानलाई आग्रह गरे । उनले पशु चौपायाको स्याहारसुसार देखि लिएर त्यसको हेरचाह लगायतका विशेष सावधानी अपनाउन सकेमा पशु चौपायामालिक मात्रै नभएर सिंगो त्यसको पशुजन्य सामग्री उपभोग गर्ने व्याक्तिहरुलाई समेत रोग लाग्नबाट बचाउन सकिने बताए ।
कार्यक्रममा पशु चिकित्सक डा. सुक बहादुर नेपालीले रेबीज जस्ता रोग लागेको पशुबाट उत्पादित अन्य पशुजन्य उत्पादन तथा दुग्धजन्य उत्पादनको विक्रि वितरण गर्न नहुने, पशु पूर्ण रुपमा निको भएपछि मात्रै कारोबार गर्न सुझाव दिए ।
समापन कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाई बुटवलका का लेखा अधिकृत हरि प्रसाद ज्ञवाली, किसान प्रेम प्रसाद लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका निजी फार्म तथा समुह सहकारीका प्रमुख तथा प्रतिनीधीहरुले जिज्ञासा समेत राखेका थिए ।

© 2024 krishipatra All right reserved