बुटवल । खाद्य स्वच्छता तथा सुरक्षित पशुजन्य उत्पादन उपभोगबारे उपभोक्ता सचेतना गोष्ठी बुटवलमा भएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन अयोजना काठमाण्डौ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त अयाोजनामा बुटवलमा भएको कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना संघीय योेजना निर्देक डा. उमेश दाहाल ले किसानको उत्पादन गोठ देखि ओठ सम्म शुद्धता जरुरी रहेको बताए । उनले किसानको उत्पादन बृद्धि, विक्रि वितरण तथा बजारीकरणका लागि आयोजनाले विगत ५ बर्ष देखि सहयोग गर्दै आएको बताउँदै उनले किसानको उत्पादन बृद्धि, विक्रि वितरण तथा प्रसोधन, बजारीकरणका लागि पनि आयोजनाल विभिन्न चरणमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले ले खाद्य स्वाच्छा ऐन, बमोजिम किसानको उत्पादन देखि उपभोग सम्म शुद्धता हुनुपर्नेमा जोड दिए । उनले यसको लागि ढिलो चाडो प्याकेजिङ्ग प्रणालीमा जान दुग्ध उत्पादक व्यवसायीहरुलाई आग्रह समेत गरे ।उनले दुध तथा दुग्धजन्य बस्तु विना प्याकेजिङ्ग, विना लेवलिङ्ग विक्रि वितरण गर्न नपाईने भन्दै विना ईजाजत रुपमा विक्रि गरिएका कुनै पनि दुध तथा दुग्धजन्य बस्तुको विक्रि विरण जति बेला पनि जफत गरी कानून बमोजिम कारवाही गर्न सकिने बताएका थिए ।
खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालय खाद्य अधिकृत हेमन्त गौतमले बजारमा पोका पारेर विक्रि गरिदै आएको (टुप्पी दुध)मा प्रयोग हुने प्लाष्टिकको कारण क्यान्सर सम्मको जोखिम रहेको भन्दै यसको प्रयोगमा बन्देज लगाउनुपर्ने मा जोड दिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना विकेन्द्रकृति सहयोग एकाई बुटवलका संमन्वय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, जिल्ला अध्यक्ष समुन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका महाचिव विमलराज भट्राई, डेरी व्यवसायी समिति रुपन्देहीमा निर्वतमान अध्यक्ष गणेशसिंह भण्डारी, बर्तमान अध्यक्ष रामकृष्ण शर्मा, डेरी एशोसीयसनका सल्लाहकार कृष्ण प्रसाद भट्राई लगायतले बोलेका थिए ।