बुटवल, असार
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा समुह,सहकारी तथा नीजी फार्म लाई ४१ करोड बढि अनुदान उपलब्ध गराएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना ५ बर्षको रहेको थियो । यहि असारमा आयोजना सकिएपनि प्रशासनीक कार्यका लागि आयोजना थप एक बर्ष थपिएको छ ।
बुटवलमा रहेको सहयोग एकाईले समुह सहकारी तथा नीजी फार्महरुलाई उनीहरुको प्रस्तावनाका आधारमा दुधजन्य बस्तु उत्पादन, विक्रि वितरण , बजारीकरण सहितको कार्यका एक उपआयोजना अन्र्तगत अनुदान उपलब्ध गराएको हो ।
विकेन्द्रीकृत सहयोग एकाई बुटवलका आयोजना संमन्वय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार ५ बर्षको आयोजानमा बुटवल कार्यालय अन्र्तगतका ७ वटा जिल्लामा आयोजना लागू भएको थियो ।
समुह सहकारीका कुल ४७ वटा उप आयोजनालाई बुटव कार्यालयले कुल २६ करोड ९८ लाख १० हजार ८ सय ७१ रुपैयाँ किसानलाई प्रदान गरेको छ भने नीजी फार्म तर्फ हाल सम्म १५ करोड ४२ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ अनुदान प्रदान गरेको छ । जसमा अझै ७ वटा उप आयोजनाको आगामी साउन महिनाको पहिलो साता अनुदान रकम प्रदान हुदै छ ।
पहिलो चरणमा समुह सहकारी मार्फत काम गरेको आयोजनाले दोस्रो चरणमा नीजि फार्महरुको लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । आयोजना संमन्वय प्रमुख डा. उपाध्यायका अनुसार पहिलो चरणमा समुह सहकारी मार्फत कुल ५० वटा समझौता गर्न आएकोमा ४७ वटा आयोजना मात्रै ले पुरा काम गरी भुक्ती लगेर उप आयोजना सम्पन्न भैसकेका छन् । यस्तै दोस्रो चरणमा नीजि फार्महरु कुल ११७ वटा छनौट भएकोमा ७९ वटा उपआयोजनाहरुले पहिलो किस्ता बापतको रकम लगिसकेका छन् । दोस्रो किस्ताको करम लैजाने उप आयोजनाहरु ७० वटा दोस्रो किस्ता र ६९ वटा उप आयोजनाले तेस्रो किस्ता बापतको रकम समेत लगिसकेका हुन ।
उप अयोजानहरु नवलपरासी जिल्लामा ७ वटा, रुपन्देहीमा १६ वटा, पाल्पामा १० वटा, अर्घाखाँचीमा ६ वटा, कपिलस्तुमा १० वटा र गुल्मीमा १२ र बर्दीयामा ८ वटा पालिकामा बाट समुह, सहकारी तथा नीजि फार्म सहभागी भएका थिए । जसमा ५० वटा पालिका मा कार्यक्रम छनौटमा परेका थिए ।
सहयोग एकाई बुटवलका अनुगमन तथा मुल्यांक अधिकृत डा. शिवलाल भुषालका अनुसार समुह सहकारीमा ३२ वटा दुध र दुग्धजन्य पदार्थका, १५ वटा मासु तथा मसुजन्यका उप आयोजानहरुले काम गरेका थिए । भने नीजी फार्म तर्फ दुग्ध पद्धार्थ उत्पादन तथा प्रसोधन तर्फ ५४ वटा, मासुजन्य पद्धार्थको उत्पादन र प्रसोधनमा २५ वटा ले काम गरेका थिए ।
सहयोग एकाई बुटवलका योजना अधिकृत डा. अरुण खनालका अनुसार समुह, सहकारी , नीजि फार्म को अलवा विकेन्द्रकृति सहयोग एकाई बुटवलले सियारी गाउँपालिमा नमुना पशु हाट बजार स्थापना गरेको छ भने अर्घाखाँचीको सितगंगामा खसी बोका संकलन केन्द्र निर्माण पुरा गरी सञ्चालनमा आईसकेको छ । यस्तै सेमलारमा साना किसान कृषि सहकारी संस्था मार्पmत साईलेज उत्पादन गरी विक्रि वितरणका काम समेत भएका छन् । पशु आहारा सम्बन्धी प्रसोधन केन्द्र निर्माण, पशु स्वाथ्य केन्द्रमा एक्सरे र युएसजी(भिडियो एक्सरे) मेसीन समेत प्रदान गरेको छ ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना कार्यान्वय का प्रमुख उमेश दाहालले आयोजनाले नमुना काम को सुरुवात गरेको बताए । अन्य आयोजना भन्दा फरक यसमा किसानले समुहलियत दरमा कृषि कर्जा प्राप्त गरेको जानकारी दिदै उनले उप आयोजानको ५० प्रतिशतमा कामको आधारमा आयोजनाले अनुदान उपलब्ध गराएको र अन्य ३० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गरेको र २० प्रतिशत किसान, समुह सहकारीको लगानी भएको बताउँदै उनले अन्य आयोजना भन्दा यो आयोजना अनुदानको साथै अन्य पुर्वाधार निर्माणमा पनि नमुना काम गरेको बताए ।