बुटवल असार– नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजान परियोजान कार्यान्यन सहयोग एकाई बुटवलको आयोजनामा उप आयोजनाहरूको समीक्षा गोष्ठी गरिएको छ ।
बुटवलमा आयोजना गरिएको समिक्षा गोष्ठीमा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना केन्द्रीय निर्देशक डा. उमेश दाहालले किसानलाई उद्यमी बनाउने गरी परियोजना ल्याइएको बताएका छन् । उनले समूह सहकारी र नीजि फार्महरूको स्तरवृद्धि, भौतिक पुर्वाधार विकास सहित उनीहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने कार्यमा आयोजना सफल भएको समेत बताए ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह– सचिव समेत रहेका दाहालले उप–आयोजनाबाट देशमा आर्थिक पशुपालन क्षेत्रमा आशातित सफलता प्राप्त गरिएको बताए । जसको कारण नेपाल दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको समेत बताएका थिए । असार १५ गते बाट अयोजना सकिने जानकारी दिँदै उनले देशभरका परियोजना लागू गरिएका जिल्लाहरूको उप–आयोजनाले किसानलाई आत्मनिर्भर बनाउँदै लगेको समेत बताएका थिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बिकेन्द्रीकृत सहयोग आयोजना इकाईका प्रमुख बरिष्ठ पशु विकास अधिकृत आयोजना संमन्वय प्रमुख डा. गान्धीराज उपाध्यायले कार्यालय मातहतमा रहेका उप –आयोजानहरूको विषयमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेशमा रूपन्देही, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा बर्दियामा उप –आयोजना लागू भएको थियो ।
कार्यक्रममा आयोजना बुटवलका अनुगमन तथा मूल्यांकन अधिकृत डा. शिवलाल भुसाल, योजना अधिकृत डा. अरूण खनाल, रिड आयोजना बुटवलका अधिकृत हरि प्रसाद पाण्डे, नेपाल बाख्रा पालक किसान महासंघका केन्द्रीय संस्थापक अध्यक्ष प्रेम सागर पौडेल, उप आयोजना सञ्चालकहरू यज्ञ मूर्ति खनाल, पार्वती न्यौपाने, केशव खनाल, खुमानन्द भुषाल लगायतले आ आफ्नो भनाइ राखेकाथिए ।