ब्रिडर हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी अन्तरक्रिया

बुटवल, असार ।
लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजानमा ब्रीडर हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी कार्यशाला गोेष्ठी गरिएको छ । बुटवमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशा कृषि सचिव याम नारायण देवकोटाले पशुपंक्षिको उत्पादकत्व वृद्धिका लागि जातिय शुद्धता कायम गर्नका लागि सोही प्रकृतिको विजको व्यवस्थापन हुनुपर्ने भन्दै यसमा सरकारले कार्यक्रम नै लागू गरेर काम गरिरहेको बताए । उनले जसको लागि विभिन्न देशबाट समेत शुद्ध नश्ल ल्याएर सोही अनुसारको विज वृद्धिमा समेत लागेको बताएका थिए ।

कार्यशाला गोष्टीमा गाई, भैसी, भेडा, बाख्रा, बंगुरको जातीय शुद्ध नश्लको संरक्षण तथा जातीय बंश सुधारका लागि ब्रीडहर्डको भुमिका महत्व, मापदण्ड र विशेषताको विषयमा पुर्व सह सचिव तथा कृषि विज्ञ लोकनाथ पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै नेपालमा पशुपंक्षि स्रोत \स्रोत केन्द्रहरुको अवस्था , नीति, नियम तथा मपादण्डको विषयमा राष्ट्रिय पशुपंक्षि स्रोेत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालय हरिहरभवन का बरिष्ट पशु विकास अधिकृत डा.माधव अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै कार्यशालामा लुम्बिनी प्रदेशमा ब्रीड हर्डस्रोतकेन्द्रहरुको अवस्था, भोगीरहेको समस्या , चुनौति र भावि दिशाको विषयमा लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाल बुटवलका निमित्त प्रमुख डा. परवेज आलमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ब्रिड उत्पादक किसान, समुह तथा सहकारी सहित प्रदेश, संघीय र स्थानीय तहका सम्बन्धीत मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यशालामा विषय विशेषज्ञहरुले पशुपंक्षिको आनुवांशिक सुधारका लागि गर्नुपर्ने कार्यको विषयमा सहजीकरण समेतगरेका थिए ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, रोल्पा, प्यूठान र रुकुम पुर्वका जिल्लाबाट सहभागीता रहेको थियो ।
कार्याशालामा केन्द्रीय पशु चिकित्सक डा. टंक प्रसाई, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका डा. जगदिश पाण्डेय, कृषि विकास निर्देशनालय बुटवलका निर्देशक राम प्रसाद पाण्डे, राष्ट्रिय पशु प्रजनन तथा अनुवांशिक अनुसनधान केन्द्र खमलटारका डा. निना अमात्य , राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुरका दिपक अधिकारी, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका राजु कण्डेल सहित मन्त्रालयमा महाशाखा प्रमुख अनिल मरासीनी, घनश्यमा चौधरी लगायतको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved