बुटवल, असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ मा नीजि क्षेत्रबाट सञ्चालनमा ल्याएको देशकै नमुना थोक बजार मा अब दैनिक हाटबजार लाग्ने भएको छ । किसानले उत्पादन गरेका स्वदेशी बस्तुको विक्रि वितरण गर्ने गरी उत्पादन देखि उपभोक्ता सम्म एकै थलोमा उपलब्ध गराउने गरी बजार भित्र निर्माण गरिएको ‘किसान चौतारी’मा दैनिकजसो हाट बजार (खुद्रा विक्रि) सुरुवात गरिएको हो ।
आईतबार एक कार्यक्रमको आयोजना गरी कृषि खुद्रा बजार शुभराम्भ गरिएको हो । प्रालिका अध्यक्ष भिमकान्त पन्थीको अध्यक्षतामा भएको बजार शुभारम्भ कार्यक्रममा तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले बजारको शुभारम्भ गरेका हुन ।
कार्यक्रममा बोल्दै बजार प्रालिका अध्यक्ष भिमकान्त पन्थीले नेपालकै नमुना बजारको रुपमा नीजी क्षेत्रका व्यवसायीहरुको पहलमा स्थापना भएको थो बजारले बुटवल र भैरहवाका मध्यभागका किसानहरु संगै व्यवसायी र उपभोक्ताहरुलाई जोड्ने काम गरेको बताउदै निकट भविश्यमा मणिग्राम क्षेत्रको आर्थिक गुल्जारममा समेत यसले महत्पूर्ण भूमिका खेल्ने बताएका थिए ।
उनले कृषि बजारको औपचारिक शुभारम्भ कार्यक्रम नगरिएनि व्यवसायीहरुले विक्रि वितरण कार्यभने विगत १ बर्ष देखि गर्दै आएको जानकारी दिदै केही संरचनाले पूर्णता पाउँदा वित्तीकै उक्तब जारको औपचारिक उद्घाटन गरिने जानकारी दिए ।
कार्यक्रममा खुद्रा बजार व्यवस्थापन समितिका संयोजक महोमद् याकुबले किसान र उपभोक्ताविचमा किसान चौतारी एउटा कोशेढुंगा सावित हुने बताएका थिए ।
कार्यक्रममा लुम्बिनी थोक व्यवसायी कृषि सहकारी संस्थाका अध्यक्ष जगदिश चन्द्र आचार्य, लुम्बिनी थोक बजार व्यवस्थापन प्रालिका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल भुषाल(घनश्याम), खुद्रा व्यवसायी समितिका सदस्य तथा च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश अध्यक्ष ऋषव पोखरेल, सदस्य कमल आचार्य , हाट बजार व्यवसायी समितिका उपाध्यक्ष शोभा पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष डुम्रेले राज्यस्तरबाट स्थापना हुनुपर्ने कृषि बजार नीजि क्षेत्रबाट शुभारम्भ भएको जानकारी दिदै यसको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए । उनले भने–‘राज्यस्तरबाट स्थापना हुनुपर्ने बजार नीजि व्यवसायीहरुबाट सहकारी, प्रालि मार्फत सञ्चालन हुनु आफैमा गौरवको विषय हो, यसमा हामी जहिले पनि सहयोगीको रुपमा रहन्छौ । ’
उनले तिलोत्तमा नरपालिकाले एक वडा एक ट्क्टर अभियान सहित किसानको उत्पादन बजारीकरणको कार्यक्रमा आगामी बजेटमा ल्याएको जानकारी दिदै त्यो कार्यक्रम संगै कृषि बजार जोडेर अगाडी बढाईने प्रतिवद्धता समेत जानाएका थिए ।
कार्यक्रममा प्रालिका सचिव तथा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार केवश कुँवरको सञ्चालनमा भएको थियो ।