‘स्मार्ट कृषि गाउँ कार्यक्रमको निरन्तरता जरुरी’

बुटवल, असार ।  लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम ५ बर्ष मा स्थानीय तह लाई हस्तान्तरण गरिएपनि यसको सदुपयोग हुुनुपर्ने बताएका छन् । सरकारले सबै पालिकामा निर्माण गरेको स्मार्ट कृषि गाउँमा प्रयोग भएका उपकरण, सूचना प्रविधिको बाटोलाई किसानले निरन्तर प्रयोग गरी सोही अनुसार कार्यान्वयन गर्दै लैजानुपर्ने बताएका हुन । प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा बुटवलमा भएको ‘स्मार्ट कृषि गाउँ कार्यक्रममा सरोकारवालासंगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री अहिरले स्मार्ट कृाि गाउँको विषयमा विभिन्न समयमा विभिन्न कुराहरु उठेको भन्दै उनले स्मार्ट कृषि गाउँमा सरकराले गरेको लगानी को दुरुपयोग हुन नहुने बताए । उनले कार्यक्रम हस्तान्तरण पश्चात पनि स्थानीय समुह, सहकारी मार्फत, स्थानीय तहको सहयोगमा सञ्चालन गर्नुपर्ने भन्दै उनले यसको दिगो पनाका लागि सरकारले सहयोग समेत गर्ने बताएका थिए ।


कार्यक्रममा कृषि व्यवसायी प्रर्वद्धन तथा सहयोग तालिम केन्द्र खजुरा बाँकेका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले स्मार्ट कृषि गाउँको कार्यान्वयन पश्चितको दीर्घकालिन योजानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सोही कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बागवानी विकास अधिकृत सुनौना बरालीले कृषि गाउँको विषयमा कार्यपत्र प्रकास पारेकी थिईन ।
कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले कृषि क्षेत्रमा सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिदै सरकारकै योजना अनुसार स्मार्ट कृषि गाउँलाई कार्यविधि अनुसार समुदायमा हस्तान्तरण गरी स्थानीय पालिकाले यसलाई निरनत्रता दिनुपर्ने बताएका थिए ।


यस्तै कार्यक्रममा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डे, कृषि तथा भुमि व्यवस्था मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत (खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा साथै पशुपन्छी तथा मत्स्य विकास महाशाखा घनश्याम चौधरी, कृषि अधिकृत दयाराज बस्याल, कृषि ज्ञान केन्द्र रुपन्देहीका कृषि प्रसार अधिकृत अनील वानिया, कृषि ज्ञान केन्द्र नलपरासीका निमित्त प्रमुख सन्तोष चौधरी सहित प्रदेशका ९ वटा कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो ।  cast butwal today

© 2024 krishipatra All right reserved