भ्याक्सिनेटर र फोकल पर्सनलाई खोप प्राविधिक तालिम

बुटवल  असार – लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मनत्रालय लुम्बिनी प्रदेशका १२ जिल्लाका फोकल पर्सन र प्राविधिक गरी ६० जनालाइ प्रशिक्षण प्रदान गरेको छ ।
एक दिने उक्त कार्यक्रममा खोरेत रोग र खोरेत रोगविद्वको खोपबारे सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका छन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. परवेज आलमलले खोप को मात्रा पूर्णरुपमा उपलब्ध गराउनुपर्ने माग गरे ।


उनले खोप कार्यक्रम हाल सम्म तराईका जिल्लामा मात्रै केन्द्रीत भएकोमा अहिले सम्म लुम्बिनी प्रदेशमा खोरेत रोग आउटब्रेक नहुनु सुखद पक्ष भएको भन्दै अव सबै जिल्लामा अभियानको रुपमा निरन्तर जारी रहने बताएका थिए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा खोरेत रोगविरुद्व खोप अभियान जारी छ ।लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मातहतमा खोरेत रोगविरुद्व अभियान चलाईएको हो ।
खोरेत रोगविरुद्वको अभियान चलाउनुको मुख्य उद्वेश्य स्वच्छ तथा गुणस्तरीय दुध र मासु उत्पादनवृद्वि गर्नु हो । लुम्बिनी प्रदेशमा खोरेत रोग उन्मुलनको आधार बनाउन सरकारले खोरेत रोगविरुद्व खोप प्रयाप्त मात्रमा उपलब्ध गराउन पशु चिकित्सक तथा प्राविधिकहरुको माग छ ।
लुम्बिनीमा माग अनुसार खोरेत रोगविरुद्वको खोप कमी भएकाले सबै दुधालु गाइ, भैसीलाई खोप लगाउन सम्भव छैन । गाइ, भैसीलाई वर्षको दुई पटक खोरेत रोगविरुद्वको खोप लगाउनु पर्छ । लुम्बिनी प्रदेशमा ४० लाख खोपको माग छ, तर सरकारले यस वर्ष जम्मा ६ लाख खोप उपलब्ध गराएको छ । खोरेत रोगविरुद्वको खोप अभियानले लुम्बिनी प्रदेशलाई दुध र मासुबाट आत्मनिर्भर बनाउन सकिने पशु चिकित्सक लोकराज भुसालले बताए ।
चार वर्षदेखिको निरन्तर प्रयासपछि अहिले खोरतको संक्रमणमा कमी आएको डाक्टर प्रवेज आलम र पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले बताए । खोरेत रोगविरुद्वको खोप अभियानलाई थप प्रभावकारी र व्यवस्थित गराउने उद्वेश्यले फोकल पर्सन र प्राविधिकहरुलाई बुटवलमा प्रशिक्षण दिइएको छ । कृषि भूमि व्यवस्था मनत्रालय महाशाखाका प्रमुख घनश्याम चौधरीले खोप को माग बमोजिम सरकारले आपुर्ती गर्न सक्नुपर्ने बताएका थिए ।

© 2025 krishipatra All right reserved