
बुटवल, असार
बुटवल उपमहानगरपालिका देशमैकम कृषियोग्य क्षेत्र भएको उप–महानगरपालिका हो । सहरी क्षेत्रमा अधिकांस अवधीभएको कारण कृषिजन्य क्रियाकलाप हुदैन्न । तर वडा नम्बर १४ देखि १९ सम्मका किसानहरुले भने नगरबाट कृषि जन्य उपकरण सहित, मल, विउ लगायत अन्य आत्याधुनिक उपकरण समेत अनुदानमा प्राप्त गरेका छन् ।
बुटवल उपमहानगरपालिका देशमै कृषिमा नमुना अभ्यास गरेको छ । अन्य पालिकामा किसानहरु पालिका मुकाम के के पाईन्छ ? भन्दै आउने र गुनासो गर्दै आएको पाईन्छ, तर बुटवल उपमहानगरपालिकामा भने किसानले के पाईन्छ भन्दा पनि किसालाई के चाहिन्छ ? भन्ने तर्फ नगरपालिका योजनाबनाएर अगाडी बढेको छ ।
किसान आफैले यो यो कुरा भएमा हामीलाई सहज हुनेथियो भन्दै आएका किसानहरुलाई सोही अनुसारको अनुदान, उपकरण सहयोग लगायत प्राविधिक सेवा तथा सल्लाह दिँदै आएको हो । जसलाई ‘के पाईन्छ होईन, के चाहिन्छ भन्ने’ योजनाको रुपमा लिइएको छ ।
बुटवल–१८ की पूर्णकला घिमिरे ६४ बर्षकी भइन् । घिमिरेले कृषि पेशा गर्न लागेको १४ बर्ष भयो । पहिले कोदालोले खनेर कृषि गर्नुपथ्र्यो । खेती किसानी गर्न साह्रै समस्या थियो । खेताला खोज्दा खेताला पाईदैनन्थ्यो । घिमिरेले बिगतका दिन सम्झिदै भनिन् । अहिले घिमिरेका ति समस्या हटेर गएकारण हो, बुटवल उपमहानगपालिकाले प्रदान गरेको(मिनी टेलर) अर्थात हाते ट्याक्टर ।
हाते ट्याक्टर पाएपछि घिमिरे खुुसि छिन् । अहिले कृषि गर्नपनि सहज भएको छ । ‘अहिले मेरो बारीमा सिमी,बोडी,करेला लगायतका तरकारी छन्,धानको बिउ पनि त्यही टेक्टरले जोतेर राखे अहिले सजिलो भएको छ ।’–उनले भनिन् ।
श्रममार्फत घण्टौं लगाएर काम गर्नुपर्ने बाध्ययता उनको हटेको छ । मेसिनरी उपकरण प्रयोगबाट गरिने कार्य अब केही मिनेटमा सिमित भएको हो ।
अब सिचाईंका लागि मोटर पनि पाएअझै सजिलो हुने उनको भनाई छ । अहिले घिमिरेले ३ कठ्ठा जमिनमा बिभिन्न किसीमका तरकारी उत्पादन गर्दै आएकी छिन् । बुटवल–उपमहानगरपालिकाले कृषिमा आधुनिकिकरणका लागि कृषक र कृषक समुहहरुलाई बिभिन्न उपकरण प्रदान गरेपछि ब्यवसायिक कृषिखेती गर्ने समुहमा कृषि गर्ने कृषकहरुलाई सहज भएको छ ।
उनी मात्रै होईन बुटवल–१४ मा रहेको बुटवल जैबिक तरकारी उत्पादन कृषक समुहका अध्यक्ष रामनाथ मालीले पनि नगरको उपकरण अनुदान कार्यक्रममले खेतिगर्न सहज भएको बताउँछन् ।
उनी नेतृत्वमा रहेको समुहले सहकारी समेत दर्ता गरेर सञ्चालन गर्दै आएको छ । समुहमार्फत अहिले १२ विघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । समुहले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण र सुरक्षित गर्न बिभिन्न किसीमका नयाँ नयाँ प्रबिधिलाई पछ्याउन जरुरी रहेको माली बताउँछन् । यो समुहका लागि बुटवल–उपमहानगरपालिकाले कृषि आधुनिक उपकरण अन्र्तगत इलेक्ट्रीक ड्राययर मेसिन समेत प्रदान गरेको छ ।
‘गत साल किसानको उत्पादन मुल्य बढि नभएका कारण केही किसानले यो बर्ष कृषि खेती गरेका छैनन्’–मालीले भने । ‘अब कृषि गर्ने किसानका लागी जोत्नका लागी ट्याक्टर आबश्यक छ किनभने ट्याक्रको रेट बढी भएको कारणले किसान महंगोमा परेकाले नगरले ट्याक्टर दिन सके राहत हुने छ’– मालीको भनाई छ ।
२५०० देखि ३००० भन्छन् ट्याक्टर वालाहरुले, ड्याङ्ग बनाउने, जात्ने खालको एउटा ट्याक्टर भए किसानहरुलाई सहज हुनेथियो, मालीले भने–‘खेतालाहरु पनि यहाँ नपाएर कपिलबस्तु र लुम्बिनी क्षेत्रबाट बोलाएर दिनको ३ पटक खाना खुवाएर ८ देखि ९ सय सम्म् ज्याला दिनुपर्ने बाध्याता रहेको छ ।’
बुटवल उप–महानगरपालिका भित्रका किसानहरुका लागी मागका आधारमा किसानलाई आवश्यक उपकरणहरु प्रदान गरेको बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जी.सीको दाबी छ ।
हामीले मागमा आधारित प्रस्तावित कार्यक्रम के पाइन्छ होइन ,के चाहिन्छ भन्ने कृषिनीतिका साथ काम गरेका छौ’– जिसीले भने ।
नगरले उपकरण वितरणमा ५०% /५० % अवधारणा अघि सारेको छ भने मकैपकेट क्षेत्रमा आर्थिक बर्ष ०७९ मा ८० मा सिट प्लान्टर बिउ रोप्ने मेसनि ८ वटा , बिद्युतिय स्टोयर १६ लिटर क्षमताको ८ वटा , १५ बाई १२ को त्रिपाल ४० वटा, आटो बनाउने ३ वटा, मकै छोडाउने मेसिन २ वटा, पावर टिलर क्याजुअल सहित १ वटा ,डिजीटल तराजु १ किसानसंग र समुहसंग सम्झौता भए अनुसारको खरिद गरेको प्रमुख जिसीले बताए ।
उपमहानगरले आफै उपकरण किनेर किसानलाई दिदैन मागका आधारमा किसानहरुसंग उपकरण खरिदका लागी सम्झौता हुन्छ, आवश्यक उपकरण किसानले र समुहले खरिद गर्छन् । त्यो अनुसारको ५० प्रतिशत रकम भुक्तानी गर्दै आएको कृषि अधिकृत जिसीले जानकारी दिए ।
त्यस्तै किसानहरुका लागी मल, बिउ, कृषि यन्त्रमा ५० प्रतिशत अनुदान बुटवल उपमहानगरले दिने गरेको जिसीले बताए ।
नगरबाट आर्थिक बर्ष २०७७ ÷०७८ मा २८ लाख र आर्थिक बर्ष ०७८÷ ७९ मा २२ लाख रुपैया बजेट मागमा आधारित अनुदानका लागी छुट्टाइएको थियो ।
जस अन्र्तगत पहिलोबर्ष ४७ जनाले र दोस्रो बर्ष ४६ जनाले मागमा आधारित मापदण्डका आधारमा भुक्तानी लिएको नगरपालिकाले जनाएको छ । बुटवल उपमहानगर जिवनयापनको महत्वपुर्ण आधारमा नविनतम सीप तथा प्रविधिको प्रयोग मार्फत आधुनिकीरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादकत्व तथा उत्पादनलाई बृद्धिगर्ने नीति नगरले लिएको छ ।
नगरमा रहेका १९ वडा मध्ये वडा नम्बर ११, १२, १३ ,१४, १५, १६, १७ ,१८ र १९ वडामा कृषि खेती हुने गरेको छ । धान ,गहुँ, मकै, तरकारी, र फलफुल लगायतका उत्पादन हुने गरेको छ ।
उपमहानगरको वडा नम्बर १२ मा भर्मि कम्पोष्ट मल, १३ मा पुष्प खेती, १ देखि ११ नम्बर वडा सम्म कौसी खेती ,वडा नम्बर १२ मा च्याउ प्रशोधन केन्द्र, ११,१३,१८ वडामा कँये च्याउ व्यवसाय , १७ र १८ मा खाद्यान्न बाली र बिउ उत्पादन ,१५मा कृषि उपज केन्द्र, १८मा लसुन , ११,१२,१४,१६,र १९ मा तरकारी खेती, १४,१५ र १८ मा व्यवसायी केरा र खाद्यान्य बाली त्यस्तै वडा नम्बर १२,१६ र १९ मा व्यवसायी मौरी पालन हुने गरि वडागत रुपमा उत्पनदन क्षेत्र छुट्याएको छ । यि सबै व्यवसाय प्रबद्र्धनका लागी बुटवलले मागमा आधारित कार्यक्रम अघि सारेको हो ।
बुटवल नगरभित्र १५७४ हेक्टर सिंचित खेतीयोग्य जमिन,असिंचित खेती योग्य १ हजार ३ सय ८७ हेक्टर जमिन रहेको छ । नगरमा १४ वटा कृषक समुह, २६ वटा कृषि सहकारी संस्था, ८० वटा व्यवसायीक कृषक छन् । यिनी उत्पादनको बजारीकरणका लागी बुटवलका ११ स्थानमा हाटबजार लाग्ने गरेको छ ।
बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेले नगरमा किसानको समस्या समाधानको लागि बिऊमा नगदअनुदान सहित उत्पादनमा आधारित प्रोत्साहनको कार्यक्रम समेत चलाउँदै आएको बताउँछन् । उनले आफू नगर प्रमुख भएर आएपछि किसानलाई नगरले यो यो कार्यक्रम गर्नुस्, यो सेवा सर्तमा आउनुस भन्दा पनि किसानको माग के हो? आवश्यकता के हो भन्ने विषयमा किसानबाट नै सल्लाह, सुझाव लिएर सोही अनुसार कार्यान्वयन गर्दै आएको बताउँछन् ।