
बुटवल() जेठ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेद्रीकृत सहयोग ईकाई बुटवलको अयोजनामा ७ जिल्लाका नीजी पशुफार्म सञ्चालक किसान तथा संस्थागत फार्मका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीतामा ३ दिने जुनोटिक रोग सम्बन्धी तालिम सुरु भएको छ ।
बुटवलमा आयोजना गरिएको तालिमको एक कार्यक्रमका विच मंगलबार शुभारम्भ गरिएको छ । तालिमको शुभारम्भ गर्दै नेपाल लाईभस्टक सेक्टर ईनोभसन आयोजना बुटवल विकेन्द्रकृति सहयोग एकाईका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले पशुपंक्षिबाट मानिसमा सर्ने र मानिसबाट पशुपंक्षिमा सर्ने रोगको विषयमा समयमा नै सचेतना भएमा रोगबाट बच्न सकिने बताएका थिए ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलका अनुगमन तथा मुल्यांकन अधिकृत डा.शिवलाल भुषालले ३ दिन सम्मको तालिमबाट सिकेको कुरा एक अर्को किसान दाजुभाई दिदी बैनीहरुमा फैलाउनुपर्नेमा जोड दिए । उनले एक अर्कोलाई सल्लाह, सुझाव सहित जानेको कुरा सिकाउँदै जाँदा यसबाट समाजमा सकारात्मक परिर्वतन समेत हुने बताएका थिए ।
तालिम शुभारम्भ कार्यक्रममा योजना अधिकृत डा. अरुण खनालले तालिम आफैमा महत्पूर्ण भएको भन्दै यसमा बढि भन्दा बढि क्रियाशिलता भएर सहभागीता जनाउनको लागि सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिम शुभारम्भ कार्यक्रममा पशु स्वाथ्य प्राविधिक ठाकुर कुमार खड्का, कार्यालयका कृष्ण पन्थी सहित किसान प्रेम लामिछाने ले आ आफ्नो भनाई राखेका थिए । ३ दिन सम्म आयोजना हुने तालिममा पशु चिकित्सक, प्राविधिहरुले जुनोटिक रोग सम्बन्धी विभिन्न अवस्था, रोग, निदानका उपाय सहित रोग लाग्न नदिनको लागि गरिने विभिन्न उपायको विषयमा तालिममा प्रशिक्षण दिने छन् ।