बुटवल । कृषि ज्ञान केन्द्र रुपन्देही, विउ विजन प्रयोगशाला भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहितको संयुक्त टोलीले रुपन्देहीका एग्रो भेट पसलमा अनुगमन गरेको छ । ।अनुगमनका क्रममा बुटवल–६ नेपालजञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा लामो समय देखि नै अनुमती विना विषादी विक्रि वितरण गरकेो पाइएको हो । उक्त एग्रोभेटले विगत १० वर्षदेखि विषदी विक्रिवितरणको अनुमती नलिएको, ७ वर्ष बढी समयदेखि पसल नविकरण नगरेको भेटिनुका साथै म्याद गुज्रेका र अवैध सामग्री विक्रि वितरण गरेको भेटिएको छ ।
पसलबाट २८ हजार ५६० रुपैयाँ मूलय बराबरको म्याद गुज्रेका सामग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत शिवप्रसाद अर्यालका अनुसार शुक्रबार आधा दर्जन बढी पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अन्य पसलहरुमा अवस्था सामान्य देखिएपनि ढकाल एग्रोभेटमा व्यापक अनियमितता भेटिएको उल्लेख गरे । उक्त पसलले नेपालमा विक्रिका लागि अनुमतीनै प्राप्त नगरेको मलखाद समेत विक्रि गर्दै आएको भेटिएको छ ।
‘मुस्कान एण्ड पिके २०–२०–१०’ नामक मलखाद विक्रिका लागि राखेको अवस्थामा ४९ बोरा बरामद गरिएको विउ विजन प्रयोगशाला भैरहवाका प्राविधिक युवराज आचार्यले जानकारी दिएको ।
उक्त मलको बोरामा उल्लेखित मूल्य भारतीय १ हजार ५ सयका हिसाबले नेपाली मूल्य कूल १ लाख १७ हजार ६०० बराबरको भेटिएको हो । उक्त मल नेपालमा विक्रि वितरणका लागि अनुमती नभएको कृषि ज्ञान केन्द्र रुपन्देहीका कृषि प्रशार अधिकृत तथा मल निरीक्षक अनिल कानु वाँनियाले जानकारी दिए । भारतीय बजारबाट लुकिछिपी भन्सार छलेर नेपाल ल्याइएको हुन सक्ने उनले बताए ।
पसलमा नेपालमा विक्रिका लागि सिफारिसनै नभएका बिउ विजनहरु समेत विक्रिका लागि राखिएको अवस्थामा भेटिएको विउ विजन प्रयोगशाला प्रयोगशाला भैरहवाका प्रमुख सालिग्राम गौतमले बताए । ढकाल एग्रोभेटले लामो समयदेखि कृषकहरुलाई मूल्यमा समेत ढगी गर्दै आएको भेटिएको उनले बताए । कमभन्दा कम मूल्य र कमसल सामग्री लिएर कृषकलाई महङ्गो मूल्यमा विक्रि गरिरहेको अवस्थामा भेटिएको उनले बताए ।