काठमाडौँ-
कृषि तथा पशुपन्छिको क्षेत्रको लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै रासायनीक मल कारखाना नेपालमै गर्ने जनाएको हो। सरकारले उखु किसानलाई ८० करोड नगद छुट्टाएको छ। त्यस्तै धान, गहुँको उत्पादन पूर्व नै समर्थन मुल्य तोक्ने भएको छ। औषधी जन्यकोलागि गाँजा खेतीको संभाव्यता अध्ययन गरिने भएको छ।
सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा। प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन्।
गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४।१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ।
सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ।
चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ।सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।
उखु खेतीमा अनुदान स् किसानलाई ८० करोड बजेट विनियोजन
उखु उत्पादन प्रर्वतन र जातिय विकासलाई ८० करोड बजेट विनियोजन गरिने भएको छ।
आगामी बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमा उखु उत्पादन गरेवापत किसानलाई ८० करोड बराबरको अनुदान उपलब्ध गराइने उल्लेख गरेका हुन्।
उखु उत्पादन गर्न प्रोत्साहन स्वरुप सो रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ। गत आर्थिक बर्षको बजेटमा ८१ करोड रुपैयाँ बजेट अनुदानका लागि विनियोजन गरिएकोमा यो बर्ष एक करोड रुपैयाँले बजेट विनियोजन गरिएको हो।
सरकारले आगामी आर्थिक वर्षमा अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले अनुदानलाई उत्पादनमा आधारित बनाउने जनाएका हुन्।
प्रांगारिक खेती गर्ने किसानलाई अनुदान दिइने
सरकारले प्रांगारिक र प्राकृतीक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिइने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले प्रांगारिक र प्राकृतीक खेती गर्ने किसानलाई उत्पादनमा अनुदान दिने जनाएका हुन्।
कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले कृषि तथा पशु बीमाको प्रिमियको अनुदानको लागि ९५ करोड विनियोजन गरेको जनाएको हुन्।