मणिग्रामको लुम्बिनी कृषि बजारमा दैनिक हाटबजार लाग्ने

बुटवल, जेठ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामा हालै मात्रै स्थापना गरिएको लुम्बिनी कृषि उपज थोक बजार प्रालि मा अव दैनिक रुपमा हाटबजार लाग्ने भएको छ ।
बुटवल र भैरहवाको मध्यमागमा रहेको मणिग्रामा कृषिजन्य तथा फलफुल जन्य बस्तुको थोक कारोबार गर्ने गरी स्थापना भएको यो बजारमा निर्माण गरिएको किसान चौतारीमा दैनिक हाट बजार सञ्चाल हुने संयोजक ऋषव पोखरेलले जानकारी दिए ।


उनका अनुसार उपज केन्द्र भित्र निर्माण गरिएको किसान चौतारीमा उपभोक्ताले फुटकरमा आफुलाई चाहिने दैनिक उपभोग्य बस्तु सहित तरकारी, फलफुल खरिद गर्न सक्नेछन ।
किसान चौतारीमा किसाले उत्पादन गरेको कृषिजन्य उपज निःशुल्क रुपमा ‘किसान चौतारी’मा लगेर राख्न पाउने छन् । किसानले उत्पादन गरेको कृषि जन्य उपजको निःशुल्क बजारीकरण गर्नको लागि किसान चौतारीको व्यवस्थापन गरिएको कृषि बजारका सञ्चालक तथा किसान चौतारीका संयोजक ऋषव पोखेलले जानकारी दिए ।

© 2025 krishipatra All right reserved