अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन सोमबारबाट

दाङ, १४ जेठ ।
अखिल नेपाल किसान महासङ लुम्बिनी प्रदेशको अधिबेशनको तयारी पुरा भएको छ । यही जेठ १५ दाङको घोराहीमा अधिबेशन गर्न थालेको छ । लुम्बिनी प्रदेश किसान महासङका अध्यक्ष आरती पौडेलले १२ जिल्लालाई पायक पर्ने भएकाले दाङमा कार्यक्रम गर्न थालेको बताइन् ।
नेपालका ७६ प्रतिशत जनता कृषिमा आवद्ध भएका र उनीहरुको अधिकारको लागि महासंघले नीति र कार्यक्रमको लागि दबाव दिने गरेको उनले बताइन् । लुम्बिनी प्रदेश दुध र महमा आत्मनिर्भर भएको उनले बताइन् । आत्म निर्भर भएको कृषिलाई प्राथमिकता दिएर कार्यक्रम गर्नका लागि सरकारलाई घचघचाउने बताइन् । उनले २२ वटा बिसयगत संघ बनाउने र ती २२ को छाता संगठनबाट महासघं बन्ने बताइन् । परम्परागत ज्ञानलाई परिमार्जन गरेर काम गर्ने र हरेक पालिकामा किसान मैत्री योजना ल्याउने योजना रहेको उनले बताइन् ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपमहासचिव सरिता भुसालले किसान आन्दोलनले सकारात्मक भूमिका खेलेको बताइन् । घर घरमा सदस्य टोल टोलमा समुह, किसान चौतारी जुटौ खेतवारी, खाउ आफ्नो बारीको नखाउ सिमा पारिको जस्ता नाराका साथ लुम्बिनी प्रदेशको अधिबेशन गर्न थालेको बताइन् । १० हजार किसानलाई उनकै खेतबारीमा सम्मान गर्ने कार्यक्रम रहेको बताइन् ।
कार्यक्रम घोराहीको उद्योग बाणिज्य संघको सभा गृहमा मोर्चा बिभाग प्रमुख भानुभक्त ढकालले कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम आयोजकले जनाएको छ ।

प्रदेश सचिव महेन्द्र गिरीले गैरसरकारी किसानलाई महासङमा प्रतिनिधित्व नभएको बताए । प्रदेश भित्रका १०९ पालिकामा ज्ञापन पत्र बुझाएको छ । र प्रदेश सरकारलाई ज्ञपन पत्र बुझाउने काम गरिरहेको छ । सबै नेतृत्वमा जान तयारी छ्न । कति सदस्य १ सय ४५ छ त्यसलाई घटाउन र १ सय बनाउने तयारी रहेको बताए ।

© 2024 krishipatra All right reserved