बर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने

नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यवस्थित र स्थायित्व हुने गरि काम गरिने नगरपालिकाको योजना रहेको उनले जानकारी गराए । यसले किसानमा उत्साही बनाएको छ, नगरपालिका आफै सरकारको हो,यसमा विचौलियाहरु खेल्ने अवसर पाउने छैनन् । उपभोतmालाई पनि राहत पुग्ने र किसानलाई पनि उचित मुल्य पाउने ब्यवस्था यो संकलन र विक्रि केन्द्रले गर्ने लक्ष्य लिएको उनले सुनाए ।

गाउ गाँउमा कृषि उत्पादन गर्ने किसान सोझासाझा हुन्छन्,उनले थपे,उनीहरुलाई बाध्य पारेर विचौलियाहरुले सस्तोमा किन्ने र महगोँमा विक्रि गर्ने हुदा किसान र उपभोतmा दुबैलाई मर्का पर्ने गरेको छ । हाटबजारमा समेत विचौलियाहरुकै हालीमुहाली हुने गरेको छ । किसानले उत्पादन गरेको तरकारी फलफुल बजारमा विक्रिका लागि लिएर आउदा विभिन्न दवाव र प्रभावमा पारेर सस्तोमा खरिद गरिदिन्छन्। सोझा साझा किसानले प्रतिवाद पनि गर्न सक्दैनन् । पछि तिनै विचौलियाहरुले बजारमा एकाधिकार सृजना गरि महगोँमा तरकारी बेच्दा उपभोतmाहरु महगोँमा खरिद गर्नु पर्छ । यसमा सरकारी हस्ताक्षेप हुने गरि वर्दघाट नगरपालिकाले यस्तो योजना ल्याएको छ । यसले वर्दघाटका किसानलाई राहत पुग्ने विश्वास नगरपालिकाले लिइएको छ । पहिलो दिनमा नै नगरपालिकाले किसानले लिएर आएका कृषि उपज तरकारीहरु करिब २ लाख मुल्यको खरिद गरि विक्रि केन्द्रमा राखि दिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराए ।
विगत बर्षमा किसानहरुले आफ्नो तरकारी विक्रि नभएको भन्दै नगरपालिका परिसरमै तरकारी फालेर आन्दोलन गरेका थिए । अहिले नगरपालिकाको यो कार्यक्रमले आन्दोलन गर्ने किसानलाई पनि उत्पादनका लागि हौसला मिल्ने छ ।

उपभोतmाहरुलाई पनि नगरपालिकाको संकलन केन्द्रबाट तरकारी खरिद गरि दिनका लागि आग्रह गरिएको छ । स्थानिय स्तरमा विक्रि हुन सकेसम्म गर्ने नभए बुटवल र नारायणघाटसम्म विक्रिका लागि पठाईदिइने कार्यका लागि पनि संकलन केन्द्रले ब्यवस्थापन गर्ने उनको भनाई थियो । नगरपालिकाको संकलन केन्द्रले किसानको लागत र उपभोतmाको अवस्थालाई समायोजन गरि मुल्य निर्धारण गर्नेछ । सो मुल्यमा तरकारी खरिद गरिने छ । किसानले संकलन केन्द्र भन्दा बढि मुल्य पाए बाहिरी बजारमा पनि बिक्रि गर्ने छन् । यदि बजारका ब्यपारीले कम मुल्य दिएमा संकलन केन्द्रमा पुर्याउन सक्ने गरि योजना रहेको उनले बताए ।

यस्तो संकलन केन्द्र सञ्चालनमा नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको समेत क्रियाशिलता रहेको थियो । प्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्यायका योजना अनुसार नै नगरपालिकाको कृषि शाखाले कार्यविधिको निर्माण गरेको थियो । कार्यविधि बनाएर मात्र अहिले उपज केन्द्र सञ्चालनमा ल्याइएको भनाई प्रमुख प्रशाकिय अधिकृत सापकोटाको थियो । शुरु शुरुमा केही कठिनाईहरु आउन सक्ने भए पनि अगामी दिनमा ब्यवस्थित गर्दै लगिने दिर्घकालिन योजना समेत रहेको छ,उनले भने,यसका लागि किसान,उपभोतmा र नगरबासी सबै मिलेर अगाडी बढनु पर्छ । समृद्ध नेपालका लागि समृद्ध किसान बन्नु आवश्यक छ । स्वदेशमा उत्पादन र स्वदेशी उत्पादनको उपभोगले मात्र मुलुक समृद्धि तर्फ जान सक्ने तथ्य रहेको उनले स्मरण गराएका थिए । जुन बस्तु नेपालमा छैन,त्यसको मात्र आयात गर्नु पर्छ,जुन बस्तु उत्पादन हुन्छ,त्यसको पहिला आफु उपभोगमा ल्याउने र पछि निर्यात गर्न सम्मको काम गर्नु आजको आवश्यकता रहेको उनले बताएका थिए । #-Bechu gaud

 

© 2024 krishipatra All right reserved