
बुटवल बैशाख ।– दुग्ध क्षेत्रको विविधिकरण गरी उत्पादन बजारीकरण गर्न रूपन्देहीका केही दुग्ध व्यवसायीहरूको पहलमा डेरी उद्योग स्थापना गरिएको छ । बुटवल–१४ बेलभरियामा रूपन्देहीका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दै आएका व्यवासायीहरू, किसान लगायतको सहकार्यमा करिब डेढ करोड लागतमा डेरी उद्योग स्थापना गरिएको हो । जसको केही महिनामा नै उत्पादन बजारमा आउने छ । दूध, र दुग्धजन्य बस्तुको विविधिकरण गरी बजारीकरण गर्ने योजना अनुुसार ‘विशेष डेरी उद्योग’ सञ्चालनको तयारी गरिएको उद्योगका अध्यक्ष गणेशसिंह भण्डारी बताउँछन् ।
विगत लामो समयदेखि डेरी व्यवसायमा संलग्न भण्डारीको पहलमा अन्य व्यवसायीहरूको लागत साझेदारी र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रकृति सहयोग आयोजना ईकाई बुटवलको अनुदानमा उक्त डेरी उद्योग सञ्चालनमा आउन लागेको हो ।
अहिले भवन निर्माण सकिएर उपकरण जडानको कार्य जारी रहेको विशेष डेरी उद्योग प्रालिका अध्यक्ष भण्डारीको भनाइ रहेको छ । प्रालि कै नाममा जग्गा खरिद गरी भवन निर्माण गरिएको हो । अत्याधुनिक डेरी प्लान्ट स्थापना गरी गुणस्तरिय दूध संकलन गरी गुणस्तरिय दुग्ध पदार्थ उत्पादन, बिक्री वितरण गर्ने उद्देश्य राखीएको अध्यक्ष भडारीको भनाइ रहेको छ ।
जसको कुल लागत १ करोड ४३ लाख १० हजार २ सय २४ रूपैयाँ रहेको छ । जसमा प्रालिलको तर्फबाट २० प्रतिशत, ३० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी ऋण लगानी र ५० प्रतिशत अनुदान नेपाललाई भस्टक सेक्टर ईनोभेसन आयोजनको रहेको छ ।
जसमा ६९ लाख ४८ हजार १ सय १८ रूपैयाँ अनुदान आयोजनाले प्रदान गर्ने सम्झौता भएको छ । यद्यपि कामको प्रकृति अनुसार कार्यसम्पन्न पश्चात अनुदान पाउने भएको कारण घट्न समेत सक्ने बताइएको छ । जसमा एन एमवि बैंकले कुल ४४ लाख ७१ हजार १ सय २ रूपैयाँ कर्जा लगानी गरेको छ भने व्यवसायीहरूले कुल २८ लाख ९० हजार ९ सय ९४ रूपैयाँ लगानी गरेका छन् । उप आयोजनाका लगि २०७८ फागुन महिनामा सम्झौता भई काम सुरुवात गरिएको थियो ।
दोस्रो तथा अन्तीम सार्वजनिक सुनवाई
उप आयोजनाको विषयमा अन्तीम तथा दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम गरिएको छ । उद्योग रहेको स्थान बुटवल–१४ बेलभरियामा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले दुधको शुद्धताका लागि आधुनिक, अत्याधुनिक डेरी उद्योग स्थापना हुनुपर्ने बताईन । उनले गोठ देखि ओठ सम्म अमृतिको रूपमा रहेको दुध लाई शुद्ध बनाउनको लागि सबैको समान योगदान हुनुपर्ने कुरामा समेत जोड दिएकी थिईन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपानेले गाउँमा स्थापना भएको डेरी उद्योगले स्थानीय किसानहरूको उत्पादन खपतका लागि महत्पूर्ण योगदान दिनेमा आफू विश्वस्त भएको बताएका थिए । उनले गाउँको उत्पादन सहर सम्म र सहरको पैसा गाउँ सम्म ल्याउने महŒवपूर्ण पाटोको रूपमा यी र यस्ता उद्योगहरू स्थापना हुन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग एकाई बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले आयोजनाले विश्व बैंकको ऋण सहयोगमा अधिकतम १ करोड वा लागत साझेदारीमा बढिमा ५० प्रतिशत किसानलाई अनुदान उपलब्ध गराउदै आएको बताए । उनले बुटवल कलस्टर अन्तर्गत रूपन्देहीमा मात्रै ५२ वटा उप आयोजानहरू सञ्चालनमा रहेको बताए । ४७ वटा समुह सहकारी, ३२ वटा डेरी उपआयोजनाहरू सम्पन्न हुने चरणमा रहेको जानकारी दिँदै दुग्धजन्य बस्तुको विविधिकरणका लागि यी यस्ता आयोजनाले महŒवपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले डेरीजन्य उद्योग स्थापना हुँदा मिल्क होलीडे नहुनेमा आफू विश्वस्त भएको बताएका थिए ।
कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजान बुटवलका योजना तथा अनुगमन अधिकृत डा. शिवलाल भुषाल, मासुजन्य बस्तुको महशाखा प्रमुख डा. छत्र बहादुर क्षेत्री, लोखा अधिकृत हरि ज्ञवाली लगायत स्थानिय आमा समूह, साना किसान सहकारी, जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै विशेष डेरी उद्योग प्रालिको तर्फबाट अध्यक्ष गणेशसिंह भण्डारीले उद्योगमा स्थानीयलाई पहिले प्रथामितकामा रोजजारी दिने, कृत्रिम गर्भाधानका लागि १४ नम्बर वडाका पशुपालक किसान जसले डेरीमा दुध उपलब्ध गराउनुहुन्छ उहाँहरूका लागि ५० प्रतिशत अनुदान, पशु बिमामा ५० प्रतिशत अनुदान र घासको विउ निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका थिए ।