डेरी व्यवसायी समितिका पुर्वअध्यक्षले नै तिरेन्न किसानको साढे ११ लाख

बुटवल, बैशाख ।
किसानबाट दुध लिएर बजारमा विक्रि वितरण गरे पनि किसानलाई भुक्तानी नदिएका रुपन्देहीका दुई वटा पसलमा किसानहरुले भुक्तानी रकम पाउनुपर्ने माग सहित धर्नामा बसेका छन् । रुपन्देहीको सालझण्डी दुग्ध उत्पादक कृषक सहकारी संस्था लिमिटेडबाट दुध ल्याएर परिकार बनाउदै विक्रि गर्दै आएको बुटवलको प्रतिष्ठीत घरना मानिएको कस्तुरी मिष्ठान्न भण्डारका सञ्चालक राजु पराजुली र रुपन्देही डेरी व्ययवसायी समितिका पुर्वअध्यक्ष  समेत रहेका पाठक डेरी का सञ्चालक नेत्र प्रसाद पाठकलले लाखौं रुपैयाँ बक्यौता रकम नदिएको कारण किसानले धर्ना दिएका हुन ।
यसरी किसान बक्यौता रकम का लागि धर्नामा बसेको पहिलो पटक हो ।
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको रकम नतिरेपछि किसानहरु आएर दुबै पसलमा धर्ना दिएका छन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु धर्ना दिन आएका हुन् । लामो समय सम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो । सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तुरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा उत्रिनुपरेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।
तस्वीर सौजन्य : विश्वास ढकाल

© 2025 krishipatra All right reserved