
बुटवल, चैत । बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ ।
बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो ।
बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गर्नुभयो । बीउ वितरण गर्दै उहाँले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गर्नुभयो ।
उहाँले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गर्नुभयो । उहाँले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताउनुभयो ।