बुटवल, फागुन ।
अखिल नेपाल किसान महासंघ बर्दियाले सरकारले मल मा दिदै आएको अनुदान कटौति गरेकोमा विरोध स्वरुप प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघ बर्दियाका अध्यक्ष राम सोहन थारुका अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाइएको छ ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व कृषि मन्त्री आरती पौडेडले २०७९ साल फागुन २६ गते बसेको मन्त्री परिषद बैठकले किसानहरुलाई दिदै आएको अनुदान घटाएको प्रति महासंघले विरोध कार्यक्रम सुरुवात गरेको जानकारी दिईन ।
किसानले रासायनिक मल खरिद गर्दा पहिलेको भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यात्मक अबस्था आएको भन्दै उनले सरकारको यस्तो निर्णय प्रति अखिल नेपाल किसान महासंघ सिंगो प्रदेश समितिको समेत ध्यानाकर्षण भएको जनाएकी हुन ।
‘किसानहरुले समयमा रासायनिक मल नपाएर समस्या भोगी राखेको बेला रासायनिक मलमा भएको मूल्य बृद्धिले झन ठुलो संकट व्यहोर्नु पर्ने देखिन्छ । त्यसैले यो मूल्य बृद्धिको अखिल नेपाल किसान महासंघ बर्दियाले घोर भत्र्सना गर्दछ’–ज्ञानपत्रमा उल्लेख छ ।
किसानहरु माथि सरकारले यसरी समस्या थोपर्दै जाने हो भने कृषि क्षेत्रको विकास हुनै सक्दैन अनि कृषि क्षेत्रको बिकास नभई देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै विज्ञप्तीमा सरकारले रासायनीक मलमा दिँदै आएको अनुदान घटाउनु भन्दा अझ बढाउनुपर्ने माग गरेको हो ।
कृषिको विकासका लागि मूल्य बृद्धि घटाई थप सेवा सुविधाको सरकार लाग्नुपर्ने अखिल नेपाल किसान महासंघको भनाई रहेको छ ।