
बुटवल, फागुन ।
भैरहवामा सम्पन्न मत्स्य प्राविधिकको राष्ट्रिय भेलाबाट मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवामा कार्यरत मत्स्य विकास अधिकृत रमेश जैसवालको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ । उपाध्यक्षमा शुभाष कुमार झा, महासचिवमा शोभाखर पाण्डे, सचिवमा सुरेश खड्का, कोषाध्यक्षमा तुल्सी जिरेल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुन्दरी कार्की, गोमा कुँवर, सुनिता चन्द, लाक्पा रिदर भोटे सैचा, प्रेम बहादुर शाही, गणेश बहादुर थापा, महेशदत्त भट्ट र विरेन्द्र यादव चयन भएका हुन ।
दुई दिन सम्म भैरहवामा चलेको राष्ट्रिय भेलामा मत्स्य प्राविधिकहरुको पेशागत अवस्था, अधिकारको विषयमा छलफल भएको थियो ।
नयाँ गठन गरिएको कार्यसमितिका अध्यक्ष रमेश जैसवालले आगामी दिनमा समितिलाई अझ बढि शशक्त र बलियो बनाएर लैजाने बताए । उनले पहिलो पटक मत्स्य प्राविधिकहरुको भेला रुपन्देहीमा गर्न सफल भएको बताउँदै आगामी दिनमा माछा क्षेत्रमा भए गरेका समस्या समाधानको लागि सामुहिक पहल गर्ने, मत्स्य प्राविधिकहरुको पेशागत सुरक्षा लगायतका विषयमा काम गर्ने समेत जानकारी दिए ।