बुटवल,फागुन – तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण गरेको छ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यसहित परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाकार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको जनाएको हो ।
औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोडदिएको नगर प्रमुख रामकृष्ण खाणको भनाइ छ ।
किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने नगर प्रमुख रामखकृष्ण खाणले बताए ।किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग पनि गर्ने उनले बताए ।