बुटवल, फागुन ।
बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेलय कृषि लाई सम्मानित पेशाको रुपमा नहेरिने परिपाटी रहेको भन्दै सम्मामानित पेशाको रुपमा कृषि र पशुपालनलाई प्रयोग गर्न सकेमा मात्रै देशले आर्थिक क्षेत्रका फड्को मार्ने बताए ।
उनले किसानलाई प्रदान गरिने अनुदान नगद मा भन्दा पनि सामग्री खरिद गरी जिन्सीमा प्रदान गर्नुपर्ने धारणा राख्दै सोही अनुसारको कार्यविधि बनाएर अव बुटवल उपमहागरपालिकाले जिन्सीमा अनुदान कार्यक्रमा ल्याउने बताएका हुन । कार्यक्रममा बोल्दै मेयर पाण्डेले भने–‘कृषि बाट उत्पादन भएको आय कृषि क्षेत्रमा नै लगाउनुपर्दछ अनी मात्रै आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्न सकिन्छ ।’ उनले नगदमा अनुदान दिँदा कागजी रुपमा सामान किनीएपनि पछि प्रयोग नगरी दुरुपयोग हुने गरेको आफुले पाएको भन्दै अवका अनुदान कार्यक्रम जिन्सीमा हुने बताएका हुन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले कृषि क्षेत्रमा लाग्ने युवा पलायन नरोकेसम्म देशमा आशातित रुपमा कृषिले फड्को मार्न नसक्ने बताए । उनले युवा पालन रोकेर कृषि क्षेत्रमा लाग्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेको कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डेले कृषि क्षेत्रमा प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिदै किसानको आवश्यकता आधारित, मागमा आधिरित कार्यक्रमले जिन्सीमा अनुदान दिने गरी ल्याइएको बताए ।उनले विगतका दिनमा तरकारी, दुध ढुवानीका लागि विभिन्न साधान उपलब्ध गराएको जानकारी दिदै निर्देशनालय मातहतका कार्यालयहरुले किसानको पक्षमा स्थापना काल देखि नै काम गर्दै आएको बताएका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले स्थापनाको छाटो समय २ बर्षमा नै समुह बाट सहकारी सम्मको यात्रा र सहकारी बाट पनि उत्पादन, प्रसोधन बजारीकरणको काममा बुटवल जैविक सहकारीले गरेको प्रगति अन्यको लागि पनि उदाहरणीय रहेको बताएका थिए ।
कार्यक्रममा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल), सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष जनक गौतम, राजन ढकाल लगायतले आ आफ्नो धाराण राखेका थिए । सहकारीका अध्यक्ष रामनाथ मालीले प्रतिवेदन पेश गर्दै प्रशोधन गृहबाट हाल दैनिक २ देखि ३ क्वीन्टल सिन्की, मस्यौरा, अचार लगायतका सामग्री उत्पादन हुदै आएको बताए ।उनले किसानबाट संकलित तरकारी बजारीकरण वा संकलनका लागि ढुवानीको साधान अभाव भएको भन्दै विभिन्न निकाय संग साधन लागि माग समेत गरेका थिए ।
सोही कार्यक्रममा बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी सहित उत्कृष्ठ कृषक रामनाथ उपाध्याय, भगरकुमार पुन, बालकृष्ण पौडेल, सान्ती अधिकारीलाई सम्मान समेत गरिएको थियो ।