जैबिक बिषादी सम्बन्धी तालिम सम्पन्न

बैतडी, भौगोलिक हिसाबले तुलनात्मक हिसाबले पछि परेको भएता पनि प्राकृतिक स्रोत र साधनले भने भरिपुर्ण जिल्ला हो।

बैतडिको गोकुलेस्वरमा आसपासमा जिबिकोपार्जनको लागि तरकारीबालीहरु खेती गरिदै आएको छ। कृषि उत्पादनलाइ सिचाइ , गुणस्तरीय बीउ र रोगकिराको प्रकोपले अझ जटिल बनाएको पाइन्छ।

सोही कुराहरुलाइ ध्यानमा राखी गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेज ( पाचौ सन्त्रान्तले) सैद्धान्तिक र प्रयोगात्मक दुबै कुरालाइ मिश्रण गरेर जैबिक बिषादी बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा स्थानिय कृषक र कलेजकै बिध्याथिहरु सहभागीहरुलाइ १ दिने तालिम दिएको थियो। लोकेन्द्र खत्रीले सन्चालन गरेको कार्यक्रममा लोकेन्द्र बिष्टले स्वागत मन्तब्य दिनु भएको थियो भने तालिमको सहजिकरण जनक सिंह रावलले गर्नु भएको थियो।

तालिमला रासायनिक बिषादिका बेफाइदा , जैबिक मल/ बिषादिका फाइदा, बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा तालिमका सहभागिहरुलाइ सैधान्तिक र प्रगोगात्मक तरिकाले सिकाइएको थियो।

कलेजले बिगतमा पनि अन्य तालिमहरु सन्चालन गरेको र सहभागिहरु तालिमप्रती सकारात्मक रहेको शिक्षक दिक्षान्त काफ्लेले बताउनुभयो। बैतडिमा जैबिक बिषादी बनाउन आबश्यक धेरै जसो बनस्पती सहजै पाउन सकिने र जिबिकोपार्जनमुलक कृषिमा रासायनिक बिषादिको राम्रो बिकल्प बन्न सक्ने अबस्था रहेको शिक्षक राजेश कुवरले बताउनु भयो।

© 2025 krishipatra All right reserved