बंगुर व्यवसायी संघ लुम्बिनी प्रदेशमा पुनः शुर्यबंसी

बुटवल()फागुन । बंगुर व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन बाट पुनः तिला बहादुर शुर्यबंशी (शेरबहादुर) (नवलपरासी)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुटवलमा भएको बंगुर व्यवसायीहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ समिति गठन भएको हो ।

नयाँ गठन गरिएको समितिको उपाध्यक्ष चित्र पुन(दाङ्ग), सचिव विष्णु सुर्तुङ्ग(रुपन्देही), कोषाध्यक्षमा तेयम बहादुर बगाले(पाल्पा) चयन भएका छन् । यस्तै सदस्यहरुमा महेश चौधरी(बाँके), बसन्त खड्का(बर्दिया), बेगम रेस्मी(दाङ), बसन्त थापा(प्यूठान), कमानसिंह दर्लामी(अर्घाखाँची), प्रेम सारु(कपिलवस्तु), मित्रलाल सापकोटा(कपिवस्तु), जोग बहादुर पुन(नवलपरासी), सोम बहादुर पचभैया(रुपन्देही), यम कला कामु(पाल्पा) रहेको नयाँ कार्यसमिति गठन गरिएको हो । साधारण सभा तथा अधिवेसनले ले बंगुर व्यवसायीहरुको वर्तमान समस्या समाधानको २१ बुँदे प्रस्ताव पारित गर्दै १३ बुदे समाधान का उपायहरु सार्वजनिक गरेको छ ।

अध्यक्ष शुर्य बंशीका अनुसार बंगुरको मासुु विक्रेताहरुले अनिवार्यरुपमा पान नम्बर लिई, दर्ता गरेर मात्रै उक्त काम गर्नुपर्ने माग गरिएको बताए ।उनले आवश्यक परेको बखतमा घरेलु कार्यालयमा दर्ता र पान नम्बर देखाएर मात्रै विभिन्न बजारहरुमा बंगुरको मासु विक्री गर्न अनुमती दिन प्रशासनले पहल गर्नुपर्ने माग समेत गरेका छन् ।

साथै राज्यबाट प्रष्ट बंगुर नीति र उत्पादन मापदण्ड हुनुपर्ने, प्रविधि र प्राविधिकहरुको ग्यारेन्टी गर्नुपर्ने सहित स्थानीय कच्चा पादार्थ र पोषिलको घाँसमा आधारित उत्पादनमा जोड दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।
यस्तै बंगुर व्यवसायको संरचना र बंगुरको धितो राखी सहुलियत ऋण र विमाको व्यवस्था प्रदेश सरकार बाट हुनुपर्ने समेत माग गरिएको छ ।

© 2025 krishipatra All right reserved