अखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व

बुटवल, माघ । अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला पाण्डे, सह सचिवमा दामोदर चौधरी र कोषाध्यक्षमा सोभा क्षेत्री चयन भएका छन् ।
सर्वसम्मत रुपमा गठन गरिएको समिति आगामी २ बर्ष सम्मका लागि क्रियाशिल रहने छ । कमिटीका अध्यक्ष वोम बहादुर गुरुङ्गको अध्यक्षता र नेकपा एमालेका लुम्बिनी प्रदेशका सदस्य तथा किसान महासंघ का सचिव महेन्द्र गिरीको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ले अव किसान महासंघ ले प्राविधिक यान्त्रिकण उत्पादन का आधारमा अनुदानका कार्यक्रम हुनु पर्ने र अवको अभियान सुरु गरिने बताएका थिए ।
कार्यक्रममा देवदह नरपालिकाका देवदह नगरपालीकाका प्रवक्ता तथा वडा  नं. ५ का अध्यक्ष गणेश डुम्रेले किसान मैत्री नगर बनाइने कुरामा प्रतिवद्ध रहने कुरा बताउँदै आगामी दिनमा अझ कृषि र पशुपालन क्षेगमा – उत्कृष्ट नगरपालिका बनाउने भनाई राखेका थिए ।

 

© 2024 krishipatra All right reserved