बुटवल, माघ । पृथु टेक्निकल कलेज पाचौ समेष्टरमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा दाङमा एकदिने निशुल्क तरबुजा खेती प्रबिधी तालिम प्रदान गरिएको छ ।
बिद्यार्थीहरुलाइ अध्ययनसङ्गै, अनुसन्धान र प्रसार कार्यमा पनि सहभागी गराउदै आएको कलेजले , बिद्यार्थिको प्रयोगात्मक अभ्यासलाई पनि जोड्ने हेतुले कार्यक्रम आयोजना गरिएको थियो।
फोकस मल्टी एग्रो एण्ड रिसर्च सेन्टर रुपन्देहीको साझेदारीमा कार्यक्रम गरिएको हो ।
क्याम्पस प्रमुख प्रदिप राज शर्मा, सहायक क्याम्पस प्रमुख किरण तिमिल्सेना र प्रशिक्षक राजेश कुवर, शिबराज खनाल, सरोज भट्टराई, कर्णदिप देबकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा दाङ जिल्लाका विभिन्न पालिकाका किसानहरु, क्याम्पसका विद्यार्थी सहित करिब ५० बढी सहभागी रहेको कार्यक्रममा , अर्घाखाची र रुपन्देहिका युवा कृषक हरु पनि सहभागिरहेका थिए । कार्यक्रममा नो यु सिडका नेपाल प्रतिनिधि मानस कुमार मन्डलले सहभागिहरुलाइ आधुनिक किसिमले तरबुजा खेती, तरबुजा खेती गर्दा लाग्ने रोग किरा नियन्त्रण, खाद्यतत्व व्यवस्थापन र बजारिकरणका बिसयबस्तुमा रहेर तालिम प्रदान गरेका थिए ।